निर्वाचन आयोगले कांग्रेस नेतृ राणालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

मकर श्रेष्ठ

काठमाडौँ — निर्वाचन आयोगले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणालाई स्पष्टीकरण सोधेको छ । आयोगले बुधबार नेतृ राणाले कैलालीको धनगढी उपमहानगरपालिकामा आयोजित कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाउने किसिमको अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आयोगले कांग्रेस नेतृ राणालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

कैलालीमा आयोजित एक कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखिएको र गठबन्धनका उम्मेदवारलाई जिताए त्यहाँका ४/५ जनालाई निःशुल्क रुपमा भिसा टिकट उपलब्ध गराइदिने भनी प्रलोभन देखिएको भन्दै बुधबार नेपाली कांग्रेस (बीपी)ले राणाविरुद्ध आयोगमा उजुरी दर्ता गराएका थिए ।

उक्त उजुरीका आधारमा आयोगले नेतृ राणालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

‘यहाँले बोल्नुभएको विषय संविधानसम्मत छ,छैन ? तपाईंले बोल्नुभएको विषयले बालिगको स्वतन्त्र रुपमा मतदान गर्न पाउने हकलाई संकुचन गर्छ‚ गर्दैन ? तपाईंले नेपाली कांग्रेसको नेताको हैसियतमा यस किसिमका अभिव्यक्ति दिन मिल्छ, मिल्दैन ? यो पत्र प्राप्त भएको समयले चौबीस घण्टाभित्र आयोगमा प्राप्त हुनेगरी स्पष्ट जवाफ पेश गर्नहुन निर्णयानुसार अनुरोध छ‚’ आयोगले पठाएको पत्रमा भनिएको छ ।


प्रकाशित : वैशाख २७, २०७९ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?