कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

तनहुँमा एमाले र सत्तारुढ गठबन्धनका कार्यकर्ताबीच ढुङ्गा हानाहान

सम्झना रसाइली

तनहुँ — तनहुँको घिरिङ गाउँपालिकामा नेकपा एमाले र सत्तारुढ गठबन्धनका कार्यकर्ताबीच ढुङ्गा हानाहान भएको छ । गाउँपालिकाको कार्यालय पोखरीछापनजिकै दुई पक्षका कार्यकर्ताबीच ढुङ्गा हानाहान भएको हो ।

तनहुँमा एमाले र सत्तारुढ गठबन्धनका कार्यकर्ताबीच ढुङ्गा हानाहान

सोमबार घिरिङ-१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा धेनुङका १२ वर्षीय ईश्वर विक बेपत्ता भएका थिए । पुट्टारमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा गएका बालक बेपत्ता भएको विषयमा दुवै पक्षबीच ढुंगा हानाहान भएको स्थानीयले बताएका छन् ।

बालक हराएपछि बालकका आमाले गाउँपालिका अगाडि धर्ना दिएकी थिइन् । सोही विषयमा गाउँपालिकाको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा दुवै पक्षबीच ढुंगा हानाहान भएको हो ।

यता नेपाली कांग्रेस तनहुँले घिरिङ गाउँ कार्यसमितिका सभापति यामबहादुर थापामाथि हातपात भएको भन्दै उक्त घटनाप्रति आपत्ति जनाउँदै विज्ञाप्ति निकालेको छ ।

कांग्रेसका जिल्ला सभापति जीतप्रकाश आलेको हस्ताक्षरसहित जारी विज्ञाप्तिमा नेपाली कांग्रेस घिरिङ गाउँ कार्यसमितका सभापति थापामाथि हातपात गर्ने एमालेका कार्यकर्ता भुवन विकलगायतको समूहलाई कारबाहीको माग गरेको छ ।

प्रकाशित : वैशाख २७, २०७९ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?