२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

कपिलवस्तु महाराजगञ्जको निर्वाचन जेठ ३ गते हुने

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको वैशाख ३० गतेका लागि हुने भनिएको निर्वाचन उपप्रमुख पदको उम्मेदवार शुभावति कुर्मीको मृत्यु भएपछि स्थगित भएको छ । अब निर्वाचन जेठ ३ गते निर्वाचन हुने भएको छ । 

कपिलवस्तु महाराजगञ्जको निर्वाचन जेठ ३ गते हुने

निर्वाचन आयोगले मंगलबारका दिउँसोका लागि कार्यक्रम प्रकाशित गर्दै नयाँ कार्यतालिका प्रकाशन गरेको हो । नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी निवर्तमान उपप्रमुख शुभावति कुर्मीको गएराति एक बजे मृत्यु भएको थियो ।

उक्त पदमा वैशाख २८ गते उम्मेदवारी दिने कार्यतालिका प्रकाशित गरिएको छ । अन्य ९ स्थानीय तहमा भने वैशाख ३० गते नै निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : वैशाख २७, २०७९ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?