१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चुनावले नाकामा चाप

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्जस्थित जमुनाह नाकामा भने भारतीय सहरहरूमा बस्ने आफन्त भेट्न पुगेका नेपालीहरू घर फर्कंदै छन् । नाका मंगलबार रातिदेखि बन्द हुने भएपछि घर फर्कने नेपालीहरूको घुइँचो छ । नाका पार गर्न तेल बोकेका ट्रक/गाडीहरूको लस्कर छ । 

चुनावले नाकामा चाप

यतिबेला जताततै चुनावी रौनक छ । निर्वाचन हुन तिन दिन मात्र बाँकी रहँदा दलहरूका उम्मेदवार मत माग्नका लागि घरदैलोमै व्यस्त छन् भने कोहि सडकमा नारा जुलुसका साथ हिँडिरहेका छन् ।

निर्वाचनका लागि भारतीय गाडीमा आउने यात्रुको भिडलाई व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ । नाकामा सात जना प्रहरी खटिएका छन् ।

थोरै जनशक्तिले धेरै काम गर्न गाह्रो भएकाले आउने-जाने यात्रुको रेकर्डसमेत राखिएको छैन । नाका वारपार गर्ने गाडीको भने रेकर्ड राखिएको छ ।

नाकामा खटिएका प्रहरी टोपबहादुर विष्टले भने,‘भोट हाल्न आउनेमा टाढा जिल्लाका भन्दा नेपालगन्जका रैथानेहरूको संख्या धेरै छ ।’

इलाका प्रहरी कार्यालय, जमुनाहका इन्चार्ज मिनबहादुर विष्टले भोट नै हाल्नका लागि ठूलो संख्यामा नेपाली फिर्ता नभएको सुनाए । ‘दिनमा दुई-तीन सय मानिस आउनु सामान्य हो‚’ उनले भने, ‘त्यसमा टाढा जिल्लाका भन्दा रैथाने बढी छन् ।’

नेपालमा हुन थालेको स्थानीय तहको चुनावलाई लक्षित गरी नेपाल र भारतको सीमानाका ७२ घण्टा बन्द हुने भएको छ ।

प्रकाशित : वैशाख २७, २०७९ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?