कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

संखुवासभाका १६२ मतदान केन्द्रमा पुग्यो मतदान अधिकृतसहितको टोली

दीपेन्द्र शाक्य

संखुवासभा — यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि संखुवासभाका सबै मतदान केन्द्रमा मतदान अधिकृत सहितको टोली पुगेको छ । जिल्ला निर्वाचन अधिकारी जयप्रकाश बस्नेतका अनुसार १ सय ३ मतदानस्थलका १ सय ६२ मतदान केन्द्रमा मतदान अधिकृतसहितको टोली मंगलबार पुगेको हो ।

अति संवेदनशील मानिएको भोटखोलाका किमाथांका, चेपुवा, च्याम्ताङका मतदान केन्द्रमा पनि टोली निर्वाचन सामग्रीसहित पुगिसेको छ ।

संखुवासभामा ७ वटा अतिसंवेदनशील, ७९ वटा संवेदनशील र १६ वटा सामान्य मतदान केन्द्र छन् । मतदान अधिकृतको टोलीसँगै नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी पनि सुरक्षाका लागि पुगिसकेका छन् ।


प्रकाशित : वैशाख २७, २०७९ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?