कांग्रेसका कार्यकर्ताहरू पीर बिसाउन कहाँ जाने : ओली

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेताहरुले प्रधानमन्त्री पदका लागि आफ्नै पार्टी सिद्ध्याउन लागेको आरोप लगाएका छन् । चितवनमा एमालेद्वारा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

कांग्रेसका कार्यकर्ताहरू पीर बिसाउन कहाँ जाने : ओली

तर कार्यकर्ताले के हेरेर बसेका होलान् भन्दै उनले प्रश्न गरेका थिए । 'बिचरा कति पीर परेको होला कार्यकर्तालाई । छाती समातेर बसिरहनुभएको होला पीडाले,' ओलीले भने ।

अध्यक्ष ओलीले आफू कांग्रेसका कार्यकर्तालाई सहानुभूति प्रकट गर्न चितवन पुगेको भन्दै उनीहरूको मन रोएको टिप्पणी गरेका थिए । गायक प्रकास सपुतको गीतको प्रसंग झिक्दै उनले कांग्रेसका कार्यकर्ताहरूको 'पीर बिसाउने ठाउँ नभएको' टिप्पणी गरेका थिए ।

'प्रकास सपुतको गीतले भने जस्तै कांग्रेसका कार्यकर्ताले पीर बिसाउन कहाँ जाने बिचरा ? एमालेका कार्यकर्ता त यसै उत्साही हुनुहुन्छ । तर कांग्रेसका कार्यकर्ताले कसरी मन थामेका होलान् । सहानुभूति दर्शाउन चाहन्छु,' अध्यक्ष ओलीले भने ।

यसैबीच स्थानीय निर्वाचनमा जनताले भयरहित वातावरणमा भोट दिन पाउनुपर्ने उनले बताएका थिए । धम्क्याएको भरमा भोट लिन कसैले नपाउने पनि उनले चेतावनी दिए ।

यद्यपि निर्वाचन आयोगले पाँच दलीय गठबन्धनका नेतालाई कारबाही नगरेर साना दललाई मात्रै दबाब दिएको उनको भनाइ थियो । पुष्पकमल दाहाललगायत गठबन्धन दलका नेतालाई कारबाही नगरेकोमा उनले आपत्ति जनाएका थिए ।

निर्वाचन आयोगले गठबन्धन दललाई कारबाही नगरेर साना दललाई कारबाही गर्न पछि नपर्ने उनको भनाइ थियो । आयोगले अन्य दलको झण्डा बोक्न नपाउने भने पनि गठबन्धन दलका नेताले आचारसंहिता उल्लंघन गरेकोमा कारबाही गर्नुपर्ने उनको माग थियो ।

प्रकाशित : वैशाख २५, २०७९ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?