कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ओलीजी संघीयता विरोधी व्यक्ति हो : प्रधानमन्त्री देउवा

‘गठबन्धन कांग्रेसलाई सबैभन्दा बढी आवश्यक छ’
दीपक परियार

पोखरा — प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायित्व र स्थिरताको लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । पाँच दलीय गठबन्धनको चुनावी सभालाई आइतबार पोखरामा सम्बोधन गर्दै उनले केपी ओली शर्मा ओली र उनको पार्टी गणतन्त्र, संघीयताको खिलाफमा भएको बताए ।

ओलीजी संघीयता विरोधी व्यक्ति हो : प्रधानमन्त्री देउवा

‘ओलीको पार्टी र उहाँ स्वयं प्रजातन्त्रको पक्षमा हुनुहुन्न । प्रजातन्त्रको खिलाफको व्यक्ति हो उहाँ । उहाँको अर्कै षड्यन्त्र छ । गणतन्त्रको खिलाफमा, प्रजातन्त्र, संघीयताको खिलाफको व्यक्ति हो उहाँ,’ देउवाले भने, ‘ओलीले जितेपछि के गर्छन् के गर्छन् । भोलि संसद्‍ भंग गर्दिने, पर्सि संसद्‍ चल्न नदिने । एमालेजस्तो अविश्वसनीय पार्टी अन्त कहीँ छैन ।’

प्रधानमन्त्री देउवाले संसद्‍मा कांग्रेसको विरोध सहन नसकेर ओलीले संसद्‍ भंग गरेको पनि बताए । ‘ओलीको आतंकी शासन कस्तो भने संसद्‍को विरोध गर्‍यो भने संसद्‍ नै भंग गरिदिने । संसद्‍ चल्न नदिने । संसदीय व्यवस्था मान्नेखाले पनि होइनन् ओलीजी,’ उनले भने ।

यस्तै उनले कांग्रेसका लागि गठबन्धन सबैभन्दा बढी आवश्यक भएकोले गठबन्धनलाई जोगाउन पनि सबै उम्मेदवारलाई जिताउन आह्वान गरे । गठबन्धन राष्ट्रिय र ऐतिहासिक आवश्यकता भएको भन्दै उनले गठबन्धनलाई कुनै किसिमको शंका, उपशंका गर्ने काम नगर्न कांग्रेस कार्यकर्तालाई आग्रह गरेका थिए ।

गठबन्धनलाई सफल पार्ने कांग्रेसको कर्तव्य भएको पनि उनको भनाइ थियो । ‘गठबन्धनलाई बचाउनु छ भने धनराज आचार्यलाई जिताउनु छ । गठबन्धनलाई बचाउनु छ भने कोपिला रानाभाटलाई पनि जिताउनु छ । त्यसैले गठबन्धन आवश्यक छ, कांग्रेसका लागि छ,’ उनले भने, ‘गठबन्धन बचाउन हरेक पालिकामा गठबन्धनको विजय हुन जरुरी छ ।’

प्रकाशित : वैशाख २५, २०७९ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?