गठबन्धनको आयु असार १७ गते अन्त्य हुन्छ : ओली

देवनाराण साह

मोरङ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय सत्ता गठबन्धन अब धेरै नटिक्ने दाबी गरेका छन् । उनले आगामी असार १७ गते नै गठबन्धनको आयु अन्त्य हुने जिकिर गरे ।

गठबन्धनको आयु असार १७ गते अन्त्य हुन्छ : ओली

गठबन्धन दलहरूलाई लक्षित गर्दै उनले एमालेसँग एक्लै लड्ने हिम्मत नभएका दलहरूले देश बनाउन नसक्ने पनि बताएका थिए । ‘एमाले एक्लै लड्छ र गठबन्धनका पाँचै भाइलाई वैशाख ३० गतेपछि एउटै बट्टामा प्याक गर्छ,’ नेता ओलीले भने ।

एमाले विराटनगर महानगर कमिटीले शनिबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाजी ज्योतिषीमा धेरै विश्वास गर्नुहुन्छ । त्यसैले जेठ र असारको महिना कस्तो छ, बोलाएर सोध्नु होस्,’ उनले भने, ‘असार १७ गते कस्ता नक्षत्र र ग्रहहरु छन्, ज्योतिषीलाई बोलाएर हेर्नु होस् भनेको छु, बिचराहरुको सातो गएको छ होला ।’

यद्यपि उनले असार १७ गतेको सन्दर्भबारे विस्तृतमा खुलाएनन् । ओलीले शनिबार एकै दिन विभिन्न चार ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए। उनले सुनसरीको इटहरी र धरान र मोरङको विराटनगर र विराटचोकमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरेका हुन् ।

प्रकाशित : वैशाख २४, २०७९ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?