आचारसंहिता उल्लंघन गर्दै चुनावी प्रचारमा भारतीय गाडी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आचारसंहिता उल्लंघन गर्दै चुनावी प्रचारमा भारतीय गाडी

कमल पन्थी

बर्दिया — मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता पालना गर्न दिएको निर्देशन दलका उम्मेदवारले उल्लंघन गर्दै आएका छन् । चुनावी अभियानमा भारतीय नम्बरका सवारी साधन प्रयोग गर्न बन्देज लगाइए पनि खुलेआम प्रचार प्रसारमा प्रयोग भइरहेका छन् ।

माओवादी केन्द्रका नेताहरूले युपी १४ एएल ८७७२ नम्बरको भारतीय कारबाट प्रचारप्रसार गरिरहेका छन् । अनुगमनलाई तीव्रता दिएको र आचारसंहितालाई कडाइका साथ पालना गर्न लगाए पनि यस्ता सवारी साधनलाई नियन्त्रणमा लिएको छैन ।

यसैगरी युपी १४ सीए ८८१३ नम्बरको भारतीय नम्बरको स्कारपियो गाडीमा एमालेका उम्मेदवार खुलेआम प्रचार प्रसारमा हिँडेका छन् । सदरमुकाम गुलरियाभित्र भारतीय नम्बरका सवारी साधन गुडे पनि अनुगमन निकाय निस्क्रिय रहेको स्थानीयले बताए । अन्य दलले झण्डा नलगाए पनि प्रचार प्रसार भारतीय नम्बर प्लेटका गाडीबाट गरिएको छ।

निर्वाचन आचारसंहिता ०७८ को बुँदा १३ को ज मा सवारी साधन अनुमतिपत्र दिँदा विदेशी नम्बरको प्लेटको सवारी साधनलाई अनुमतिपत्र दिइने छैन भनी उल्लेख छ । निर्वाचन कार्यालयबाट अनुमतिपत्र नलिइ प्रचार प्रसारमा यस्ता सवारी साधनको खुलेआम प्रयोग गिरँदा नियमनकारी निकायले आपत्ति समेत जनाएको छैन ।

ती सवारी साधनमाथि डिजे साउण्ड लगाइ प्रचार प्रसार गर्दा निर्वाचन कार्यालय, प्रहरी, प्रशासनले समेत रोकथाम गर्न सकेको छैन । विशेषगरी सीमावर्ती पालिकामा भारतीय नम्बरका सवारी साधन चुनावी प्रचार प्रसारमा प्रयोग हुने गरेको स्थानीयहरूले गुनासो पोखेका छन् ।


यसैगरी निर्वाचन आचारसंहिताको १३ नम्बर बुँदाको क मा निर्वाचन अधिकृतको अनुमति लिइ उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा बढीमा दुई वटा दुईपांग्रे वा तीनपांग्रे सवारी साधन प्रयोग गर्न पाउने भनिएको छ । यहाँ भने प्रचार प्रसारका नाममा कांग्रेस, माओवादी, राप्रपा लगायत दल र स्वतन्त्र उम्मेदवारले आचारसंहिता विपरीत सवारी साधनको उल्लंघन गरेका छन् ।

प्रचार प्रसार गर्दा बालबालिको प्रयोग समेत हुने गरेको छ। समाजसेवी एंव विश्लेषक दिनेश प्रसाद श्रेष्ठले आचारसंहिता पालना गराउने निकाय दलीय भागबण्डामा बाँधिएकाले कडाइ गर्न नसकेको आरोप लगाए । निर्वाचन कार्यालयले उजुरी आउना साथ कारबाही प्रक्रिया अघि बढाउनु पर्ने उनको सुझाव छ ।

प्रकाशित : वैशाख २४, २०७९ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्

ओलीको तानाशाही प्रवृत्ति रोक्न गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा

सम्झना रसाइली

तनहुँ — प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको तानाशाही प्रवृत्ति रोक्न आफूहरूले गठबन्धन गरेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

ओलीले आफू बाहेक अरुको कामलाई सहनै नसक्ने, काम गर्नै नदिने र चल्न पनि नदिने जस्तो ओलीको तानाशाही प्रवृत्ति रोक्नका लागि गठबन्धन गरिएको देउवाले बताए ।

ओलीले पटकपटक संसद्‍ विघटन गरेको भन्दै देउवाले भने, ‘एमाले अध्यक्ष केपी ओली आफैं अविश्वासको प्रस्ताव पनि राख्छन् र सामना गर्नुपर्ने ठाउँमा संसद्‍ विघटन गरी चल्नै दिँदैनन् । फिर्ता भएको संसद्‍ पनि ओलीजीले चल्न नदिने जथाभावी संसद भंग गर्दिने ।'

यस्तै उनले पाँच दलीय गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने बताएका थिए । साथै कांग्रेसको अहिलेको एउटै उद्देश्य गठबन्धनलाई सफल पर्नु रहेको बताएका छन् ।

साथै प्रधानमन्त्री देउवाले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता रहेको पनि बताएका थिए । यसलाई स्थानीय निर्वाचनमा मात्रै नभई प्रदेश र संघको निर्वाचनसम्म लैजाने पनि उनको भनाइ थियो ।

‘देशको रक्षा, संविधानको रक्षा र प्रजातन्त्रको रक्षाका लागि, गठबन्धन बिगार्न र बिफल बनाउन बनेका तत्वहरुलाई यही स्थानीय चुनावको मैदानबाटै जवाफ दिनुपर्छ र जसरी भए पनि गठबन्धनलाई सफल बनाएरै छाड्नुपर्छ,’ देउवाले भने ।

प्रकाशित : वैशाख २४, २०७९ १५:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×