ओलीको तानाशाही प्रवृत्ति रोक्न गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा

सम्झना रसाइली

तनहुँ — प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको तानाशाही प्रवृत्ति रोक्न आफूहरूले गठबन्धन गरेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

ओलीको तानाशाही प्रवृत्ति रोक्न गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा

ओलीले आफू बाहेक अरुको कामलाई सहनै नसक्ने, काम गर्नै नदिने र चल्न पनि नदिने जस्तो ओलीको तानाशाही प्रवृत्ति रोक्नका लागि गठबन्धन गरिएको देउवाले बताए ।

ओलीले पटकपटक संसद्‍ विघटन गरेको भन्दै देउवाले भने, ‘एमाले अध्यक्ष केपी ओली आफैं अविश्वासको प्रस्ताव पनि राख्छन् र सामना गर्नुपर्ने ठाउँमा संसद्‍ विघटन गरी चल्नै दिँदैनन् । फिर्ता भएको संसद्‍ पनि ओलीजीले चल्न नदिने जथाभावी संसद भंग गर्दिने ।'

यस्तै उनले पाँच दलीय गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने बताएका थिए । साथै कांग्रेसको अहिलेको एउटै उद्देश्य गठबन्धनलाई सफल पर्नु रहेको बताएका छन् ।

साथै प्रधानमन्त्री देउवाले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता रहेको पनि बताएका थिए । यसलाई स्थानीय निर्वाचनमा मात्रै नभई प्रदेश र संघको निर्वाचनसम्म लैजाने पनि उनको भनाइ थियो ।

‘देशको रक्षा, संविधानको रक्षा र प्रजातन्त्रको रक्षाका लागि, गठबन्धन बिगार्न र बिफल बनाउन बनेका तत्वहरुलाई यही स्थानीय चुनावको मैदानबाटै जवाफ दिनुपर्छ र जसरी भए पनि गठबन्धनलाई सफल बनाएरै छाड्नुपर्छ,’ देउवाले भने ।

प्रकाशित : वैशाख २४, २०७९ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?