माधवजी र मेरो रिसले ओलीले संसद्‍ विघटन गरे : दाहाल

'ओलीसँग एकता गरेको २ हप्तामै खलनायकको फेला परियो भन्ने लागेको थियो'

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल र आफ्नो रिसले गर्दा केपी ओलीले संसद्‍ विघटन गरेको बताएका छन् । तत्कालीन माओवादी र एमालेबीच एकता भएको दुई सातामै केपी ओलीको जालझेल आफूहरूले महसुस गरेको उनले बताए ।

माधवजी र मेरो रिसले ओलीले संसद्‍ विघटन गरे : दाहाल

पाँच दलीय सत्ता गठबन्धनद्वारा शुक्रबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

'मैले र माधवजीले एकताको दुई सातामै उहाँको जालझेल र षड्यन्त्र देख्न थालिसकेका थियौं । दुई हप्तामै धोका र षड्यन्त्रकारीको फेला परियो भन्ने लागेको थियो । नायक भनेको खलनायकको फेला परियो भन्ने लागेको थियो । बराबरी अध्यक्ष भनिएको थियो । तर म चाहिँ अलि सोझो नै छु । धेरै लचिलो पनि छु । अलि धेरै त्यागी पनि छु । गहिरो गरी हेर्नुभयो भने प्रचण्डमा लचिलो र त्यागी देखिन्छ,' अध्यक्ष दाहालले भनेका छन् ।

आफूहरूले ठूलो समर्थनमा केपी ओलीलाई नायकको रुपमा अघि सारे पनि षड्यन्त्र र जालझेल र विश्वासघात षड्यन्त्रकारी भन्दा केही नदेखिएको बताए । यद्यपि यो संघर्षको दौरानमा आफू र माधव नेपाल असफल नभएको बताए ।

साथै केपी ओलीले आफू र माधव नेपालसँगको रिसले गर्दा संसद्‍ विघटन गरेको बताए । पार्टीमा आफू अल्पमतमा परेपछि ओलीले संसद्‍ विघटन गरेको उनले बताए । 'हामीले उहाँलाई कारबाही गरेका थियौं । नमानेपछि पार्टीबाट निकालेका थियौं । हामी सफल भएपछि संसद् विघटन गरियो, हाम्रो रिसले । ठीक त्यो परिस्थितिमा नयाँ गठबन्धन बनेको हो । लोकतन्त्रवादी र वामपन्थीको गठबन्धन आवश्यक रहेछ भनेर अगाडि बढ्यौं,' दाहालले भने ।

प्रकाशित : वैशाख २३, २०७९ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?