२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सिद्धार्थनगरमा जसपाको ४१ बुँदे घोषणापत्र सार्वजनिक

माधव ढुंगाना

भैरहवा — जनता समाजवादी पार्टीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित सिद्धार्थनगर नगरपालिकाका लागि बुधबार घोषणापत्र जारी गरेको छ । नगरपालिकाको प्रमुखका लागि उम्मेदवारी दिएका मातृकाप्रसाद यादवले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

सिद्धार्थनगरमा जसपाको ४१ बुँदे घोषणापत्र सार्वजनिक

शिक्षा, स्वास्थ्य, विद्युत्, सडक, कृषि तथा रोजगार, सूचना तथा संचार, सामाजिक सुरक्षा तथा सेवा, पर्यटन तथा वातावरण र भोजनको अधिकारलाई घोषणापत्रमा विशेष प्राथमिकता दिइएको छ । घोषणापत्र ४१ बुँदाको छ ।

घोषणापत्रमा मेयर शिक्षा योजनाअन्तर्गत १२ कक्षासम्मको सम्पूर्ण शिक्षा नि:शुल्क गरिने, नगरमा आन्तरिक प्रतिस्पर्धा गराइ ५ जनालाई एमबीबीएस र १० जनासम्मलाई इन्जिनियरिङ शिक्षाका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिने उल्लेख गरिएको छ ।

प्रत्येक वडामा सुविधा सम्पन्न क्लिनिकको स्थापना, हरेक वडामा नगरपालिकाको तर्फबाट नि:शुल्क एम्बुलेन्स सेवा, किसानको बालीको बिमा, एक घर एक रोजगार कार्यक्रम, स्वरोजगार गर्न चाहने नागरिकलाई पाँच वर्षमा फिर्ता हुने गरी २ लाख रुपैयाँ उपलब्ध गराइने विषय उल्लेख छ ।

यसैगरी, महिला ज्येष्ठ नागरिक तथा विद्यार्थीका लागि नगर बसको व्यवस्था, पर्यटन प्रवर्द्धनका लागि वाकिङ्ग स्ट्रेट सहितको मनोरन्जनात्मक स्थानको व्यवस्था, विशेष पर्यटक स्वागत केन्द्र सहितको पर्यटकको सुरक्षा, एक घर दुई रुख र गरिब तथा विपन्न वर्गका लागि नगरमा खाद्य बैंकको स्थापना गरी एक महिनामा ६ हजार रुपैयाँसम्मको खाद्य सामग्री खरिद गर्दा २५ प्रतिशत छुट लगायतको व्यवस्था घोषणापत्रमा समेटिएको छ ।

प्रकाशित : वैशाख २१, २०७९ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?