कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

महोत्तरीको सम्सीमा निर्वाचन तालिका परिवर्तन

सन्तोष सिंह

धनुषा — निर्वाचन आयोगले महोत्तरीको सम्सी गाउँपालिकामा निर्वाचन अधिकृत बदलेर नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्सी गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत उपसचिव दिलीप प्रधानलाई फिर्ता पठाइएको छ ।

महोत्तरीको सम्सीमा निर्वाचन तालिका परिवर्तन

प्रधानको ठाउँमा निर्वाचन अधिकृत विनोदकुमार दाहाललाई खटाइएको छ । दाहालले निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गरेका छन् ।

प्रधानले पूरा गरेको प्रक्रिया दाहालले फेरि दोहोर्‍याउन वैशाख १९ गते सोमबार दोस्रो पटक मनोनयन जाँच गर्ने, उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने सूचना प्रकाशित गरिएको छ । दाबी विरोधको छानबिन गरी अन्तिम नामावली निकालेर सोमबार नै उम्मेदवारी फिर्ता, उम्मेदवारको अन्तिम नमावली प्रकाशन र चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन अधिकृत दाहालले बताए ।

यस अघिका निर्वाचन अधिकृत प्रधानले माओवादी केन्द्रका दुई वडाध्यक्ष र एक जना वडा सदस्यको उम्मेदवारी रद्दा गरेका थिए । निवर्तमान वडाध्यक्ष र सदस्यले गाउँपालिकाबाट लिएका जिन्सी सामान फिर्ता र बेरुजु रकम दाखिला नगरी फेरी वडाध्यक्षको उम्मेदवार भएको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि वडाध्यक्ष र सदस्यको उम्मेदवारी रद्दा गरिएको थियो ।

निर्वाचन अधिकृतको कार्यालय वडा नं. २ मा माओवादी केन्द्रका उम्मेदवार शेष मषसुद आलम र माओवादी केन्द्रकै वडा नं. ६ का अध्यक्षका उम्मेदवार शेष उमैदको उम्मेदवारी रद्द गरेको थियो । वडा नं. ६ का उम्मेदवार शेष उमैदले गाउँपालिका कार्याललबाट बुझिलिएको मालसमानहरु खर्च भएर नजाने बुझबुझारथ नगरेको र वडा नं २ का उम्मेदवार आलमको नाउमा असुलउपर गर्नु पर्ने २ हजार ४५० रुपैयाँको विषयमा उजुरी परेको थियो । वडा सदस्यका उम्मेदवार मकसुदबाट ५ हजार रुपैयाँ असुलउपर गर्न महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख रहेको भन्दै परेको उजुरीमा छानबिन गरी उनीहरुको उम्मेदवारी रद्द गरिएको थियो ।

माओवादी केन्द्रका तीन जना उम्मेदवारको उम्मेदवारी रद्द भएपछि निर्वाचन अधिकृत कार्यालय अगाडि उनीहरुले प्रदर्शन गरेका थिए । उम्मेदवारी रद्दा भएकाहरुलाई उम्मेदवार बनाउन निर्वाचन आयोगले अधिकृत फेरेर फेरि निर्वाचनको तालिका सार्वजनिक गरेको नेकपा एमालेबाट मेयर पदका उम्मेदवार शेष फारुकले आरोप लगाएका छन् ।

प्रकाशित : वैशाख १८, २०७९ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?