१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जनकपुरधाममा मेयर पदका दुईसहित १५ जनाको उम्मेदवारी फिर्ता

सन्तोष सिंह

धनुषा — जनकपुरधाम उपमहानगरको मेयर पदका २ जनासहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

जनकपुरधाममा मेयर पदका दुईसहित १५ जनाको उम्मेदवारी फिर्ता

मेयर पदमा उम्मेदवारी दर्ता गराएका बैजनाथ प्रसाद साह, नन्दकुमार भगत र उपमेयर पदका उम्मेदवार विश्वनाथ साह सुडीले उम्मेदवारी फिर्ता लिएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए ।

वडा अध्यक्षका ११ जना र वडा सदस्यका १ जना गरी १५ जनाले उम्मेदवारी फिर्ता लिएको प्याकुरेलले बताए । नकपुरधाममा १ हजार ५४ जनाको उम्मेदवारीमध्ये ४० जनाको रिट नपुगेर उम्मेदवारी रद्द भएको छ भने शुक्रबार १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि उम्मेद्वारी दर्ता गराएका एक उपमेयर र एक वडाध्यक्षले उम्मेद्वारी फिर्ता लिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका तर्फबाट धनुषाधाम नगरपालिकामा उपमेयर पदका उम्मेद्वार मेनकाकुमारी सिंह र सोही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्षका उम्मेदवार रामइश्वर यादवले उम्मेदवारी फिर्ता लिएका हुन् ।

उम्मेदवारी फिर्ता लिए लगत्तै लोसपा परित्याग गरी उपमेयर उम्मेदवार सिंह र वडाध्यक्ष पदका उम्मेदवार यादव जसपामा प्रवेश गरेका छन् । दुबै जनालाई जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपक कार्की र पूर्वमाननीय प्रमिला यादवले अबिर माला लगाएर जसपा प्रवेश गराएका हुन् । यस्तै, गणेशमान चारनाथ नगरपालिका वडा नं. ७ मा लोसपाबाट उम्मेदवारी दिएका दुई जना सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रकाशित : वैशाख १६, २०७९ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?