२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

लोसपाले कुन कुन पालिकामा दियो उम्मेदवारी [सूची]

काठमाडौँ — स्थानीय निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले २७ जिल्लाका १ सय ४५ पालिकामा उम्मेदवारी दर्ता गराएको छ । सबैभन्दा बढी उम्मेदवारी मधेस प्रदेशमा परेको बताइएको छ ।

लोसपाले कुन कुन पालिकामा दियो उम्मेदवारी [सूची]

कतिपय पहाडी जिल्लामा पनि लोसपाले उम्मेदवारी दर्ता गराएको छ । लोसपाले इलामदेखि कञ्चारपुर जिल्लासम्म आफ्नो उम्मेदवार खडा गरेको हो । इलाम, मकवानपुर, धादिङ, भक्तपुरका एक/एक स्थानीय तहमा लोसपाले आफ्नो उम्मेदवार उठाएको छ ।

नेकपा एमालेसँग वीरगञ्ज महानगरपालिका र महोत्तरीको बर्दिवास नगरपालिकामा गठबन्धन गरेको लोसपाले दुवै स्थानीय तहमा उपमेयरका लागि उम्मेदवारी दर्ता गराएको छ ।

यस्तै कंचनपुर, बाँके, नुवाकोट चितवन, रामेछाप, काठमाडौंका दुई/दुई वटा स्थानीय तहमा लोसपाले आफ्नो उम्मेदवार खडा गरेको छ । कैलाली, बर्दिया, दाङ, मोरङका तीन/तीन वटा स्थानीय तहमा लोसपाले आफ्नो उम्मेदवारी दिएको छ ।

नवलपरासीका ४, कपिलवस्तु, रुपन्देहीका ८-८ वटा स्थानीय तहमा उम्मेदवार उठाएको नेता केशव झाले बताए । यस्तै पर्सा र सिराहाका १२/१२ स्थानीय तहमा उम्मेदवारी दिएको लोसपाले बारामा १२, महोत्तरी र रौतहटका १४/१४ स्थानीय तह, सप्तरीको १५ र धनुषाका १७ स्थानीय तहमा उम्मेदवारी दिएको छ ।

देशका विभिन्न पालिकामा लोसपाबाट उम्मेदवारी दिएका प्रमुख र उपप्रमुखहरु [सूची]

विस्तृतमा

प्रकाशित : वैशाख १३, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?