कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पूर्वी नवलपरासीमा १५ सय ८६ जनाको उम्मेदवारी     

नारायण शर्मा

पूर्वी नवलपरासी — यहाँका ८ वटा पालिकामा १५ सय ८६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन कार्यालयका अनुसार यहाँका ८ वटा पालिकाको प्रमुखमा ६४ जना, उपप्रमुखमा ४७ जनाको उम्मेदवारी परेको छ । ९२ वटा वडाको अध्यक्षमा ३ सय ५७ जनाले मनोनयन गरेका छन् । 

पूर्वी नवलपरासीमा १५ सय ८६ जनाको उम्मेदवारी     

महिला सदस्य २ सय ६८, दलित सदस्य २ सय ३२ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा धेरै कांग्रेसमा बागी उम्मेदवार परेको छ । बागी उम्मेदवारलाई सम्झाउने र उम्मेदवारी फिर्ता लिन लगाउन पार्टी प्रतिनिधि खटाइएको कांग्रेसले जनाएको छ । यहाँको कावासोती, देवचुली र बुंलिटार गाउँपालिकामा प्रमुख पदमा कांग्रेसका ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको समय दिएको थियो ।

प्रकाशित : वैशाख १३, २०७९ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?