कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेको साविक खजुराखुर्द गाविस‚ हालको जानकी गाउँपालिकाको नेतृत्व ०५४ देखि नेकपा (एमाले) बाँकेका नेता पदम धिताल र पत्नी भूमिसरा धितालले आलोपालो नेतृत्व गर्दै आएका छन् ।

बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व

धितालकी पत्नी भूमिसराले हाल जानकी गाउँपालिकाको उपप्रमुख तथा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरि उपप्रमुखमा उम्मेदवारी दिएकी छन् ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पदम धितालले पालिका प्रमुखमा दाबी गरेका थिए । तर, एमालेले पालिकामा मधेसी समुदायको बाक्लो उपस्थिति रहेको भन्दै सोही समुदायकै नेता रामनिवास यादवलाई प्रमुखमा उठाएपछि धितालले श्रीमती भूमिसरालाई उपप्रमुख बनाउने सर्तमा दाबी छाडेका थिए । यसअघि उक्त पालिका प्रमुख र उपप्रमुखमा एमालेले जितेको थियो । २०५४ मा भएको खजुराखुर्द गाविसको अध्यक्षमा पदम धिताल विजयी भएका थिए ।

यसपटक धितालपत्नी भूमिसराले पालिका प्रमुखमा दाबी गरेकी थिइन् । तर, एमालेले फेरि पनि मधेसी समुदायबाटै उम्मेदवार बनाउने निर्णय गरेपछि उनले उपप्रमुखमा पुनः उम्मेदवारी दिएकी हुन् । पालिका प्रमुखमा व्यवसायी हिमान्सु यादवले प्रमुखमा उम्मेदवारी दिएका छन् । उनी पालिका प्रमुख रामनिवास यादवका छोरा हुन् ।

पालिका प्रमुख रामनिवासको मृत्युपछि भूमिसरा कार्यवाहक प्रमुखका रुपमा काम गर्दै आएका थिइन् ।

प्रकाशित : वैशाख १३, २०७९ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?