१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

धनुषामा राति ११ बजेसम्म उम्मेदवारी दर्ता

सन्तोष सिंह

धनुषा — धनुषाको १८ वटै स्थानीय तहमा उम्मेदवारको मनोनयन दर्ता सोमबार रातिसम्मै जारी रहने भएको छ । निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेश गरेका उम्मेदवारहरुको मनोनयन दर्ता राति ११ बजेसम्म चल्ने धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

धनुषामा राति ११ बजेसम्म उम्मेदवारी दर्ता

'कुनै पनि स्थानीय तहमा उम्मेदवारको मनोनयन दर्ता सकिएको छैन,' पौडेलले भने,‘मनोनयन दर्ताका लागि निर्धारण गरिएको समयभित्र निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेश गरेका उम्मेदवारहरुको उम्मेदवारी दर्ता गर्नै पर्छ ।’ धनुषामा पहिलो दिन आइतबार स्वतन्त्र र जनमत पार्टीका उम्मेदवारले मात्रै मनोनयन दर्ता गराएका थिए । अन्य सबै दल सोमबार उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय पुग्दा भीड बढेको हो ।

जनकपुरधाम उपमहानगरपालिकामा राति ८ बजेसम्म मेयरमा २६ र उपमेयरमा २५ जनाले उम्मेदवारी दर्ता भएको र उम्मेदवारी दर्ता गर्नेको अझै रहेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए ।

जनकपुरधाम उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी(जसपा) नेपालका लालकिशोर साह, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मनोज चौधरी, नेकपा एमालेबाट शिव शंकर साह (हिरा), तामलोपाबाट विभा ठाकुर, नेपाली काग्रेस पार्टीका बागी मनोज साह, एक साताअघि एमाले प्रवेश गरेर टिकट नपाएपछि जानकीराम साह, निर्माण व्यवसायी बलराम महतो, बैजनाथ साह र रविकान्त लाल स्वतन्त्र र नेपाल जनता पार्टीबाट मुरली मनोहर मिश्र लगायतकाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि आइतबार मेयरमा जनमत पार्टीबाट अनितादेवी साह र नेकपा मालेबाट गीताकुमारी मण्डल, स्वतन्त्रबाट राहुलकुमार ओझा, श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिरकुमार महतोले उम्मेदवारी दर्ता गराएका थिए ।


प्रकाशित : वैशाख १२, २०७९ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?