स्थानीय तह निर्वाचन

अहिलेसम्म ६४,८१३ को उम्मेदवारी दर्ता

काठमाडौँ — स्थानीय तहको आगामी चुनावमा लागि अहिलेसम्म ६४ हजार ८ सय १३ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म प्रमुख पदमा १९९७ को उम्मेदवारी परेको छ ।

अहिलेसम्म ६४,८१३ को उम्मेदवारी दर्ता

त्यस्तै अध्यक्ष पदमा २०६८ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी उपप्रमुख पदमा १२३६ जनाको उम्मेदवारी पर्दा उपाध्यक्षमा १४०० को मनोनयन दर्ता भएको छ ।

त्यसैगरी अहिलेसम्म वडाध्यक्ष पदका लागि १६ हजार १ सय ८० जनाको उम्मेदवारी परेको छ । त्यसैगरी महिला सदस्यका लागि १० हजार ५ सय ५५, सदस्यका लागि २२ हजार ५३ र दलित महिला सदस्यका लागि ९ हजार ३ सय २४ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयनको दिन तोकेको थियो । आइतबार न्यून उम्मेदवारी परे पनि सोमबार भने अबेरसम्म मनोनयन दर्ता भइरहेको छ । मनोनयनका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिए पनि लाइनमा बसेकाको मनोनयन दर्ता गरिने आयोगले जनाएको छ ।

प्रकाशित : वैशाख १२, २०७९ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?