नेपालगन्ज उपमहानगर प्रमुखमा गठबन्धनका विष्ट र एमालेका मिश्राको उम्मेदवारी

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का पशुपति दयाल मिश्रा र गठबन्धनका उम्मेदवार प्रशान्त विष्टले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, उपप्रमुखमा एमालेले शान्ति ढकाल र गठबन्धनका तर्फबाट कमरुद्दिन राईले उम्मेदवारी दिएका छन् ।

नेपालगन्ज उपमहानगर प्रमुखमा गठबन्धनका विष्ट र एमालेका मिश्राको उम्मेदवारी

गठबन्धनको निर्णयअनुसार नेपालगन्जको प्रमुखमा कांग्रेस र उपप्रमुख जनता समाजवादीको भागमा परेको छ । प्रमुखका उम्मेदवार विष्ट कांग्रेसका नगर सभापति हुन् भने राई जसपा बाँकेका जिल्ला अध्यक्ष हुन् ।

त्यस्तै, एमालेका तर्फबाट प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गर्ने मिश्रा र ढकाल केन्द्रीय सदस्य हुन् । मिश्रा यसअघिको स्थानीय तहको निर्वाचनमा नेपालगन्जको प्रमुखमा उम्मेदवार बनेका थिए ।


प्रकाशित : वैशाख १२, २०७९ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?