२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

एमालेले दोलखाका सबै पालिकामा गरायो उम्मेदवारी दर्ता

केदार सिवाकोटी

दोलखा — नेकपा एमाले दोलखाले जिल्लाका सबै पालिकामा वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि मनोनयन दर्ता गराएको छ । भीमेश्वर नगरपालिकामा एमालेबाट हरिवंश चौलागाईं प्रमुख र कमला बस्नेतले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् । एमाले चरिकोट सातदोबाटोबाट बाजागाजासहित र्‍याली निकालेर मनोनयन दर्तामा गएको थियो । 

एमालेले दोलखाका सबै पालिकामा गरायो उम्मेदवारी दर्ता

जिरीमा एमालेका मित्र जिरेल प्रमुख र कृष्णमाया बुढाथोकीले मनोनयन दर्ता गराएका छन् । बैत्यश्वर गाउँपालिकामा प्रमुखमा माधवप्रसाद घिमिरे र उपप्रमुखमा नविना लामाले उम्मेदवारी दर्ता गराएका छन् ।

गौरीशंकरमा जंग गुरुङ र मुना शिवाकोटी, विगूमा अच्युतम कटुवाल र देविका थामी, कालिञ्चोकमा गणेश शिवाकोटी र कविता थामी तामाकोसीमा अभिषेक सुवेदी र अम्बिका पोखरेलले उमेदवारी मनोनयन दर्ता गराएका छन् ।

यस्तै मेलुङ गाउँपालिकामा एमालेका हिराकुमार थोकर र गायत्री आर्चायले प्रमुख र उपप्रमुखमा उमेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनका दलहरूले भने सोमबार मात्र मनोनय दर्ता गर्ने बताएका छन् ।

गठबन्धनमा नेपाली कांग्रेसले ४ माओवादीले ३ र नेकपा एकीकृत समाजवादीले २ वटा स्थानीय तहको प्रमुखमा उम्मेदवारी दिने भएका छन् ।

प्रकाशित : वैशाख ११, २०७९ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?