कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेरो उम्मेदवारी एमालेले युवालाई दिएको उपहार : डंगोल 

काठमाडौँ — सुनिता डंगोलले एमालेले काठमाडौं महानगरपालिकामा उपमेयर पदमा आफूलाई उम्मेदवार बनाउनु क्रियाशील युवा र दक्ष महिलालाई सम्मान भएको बताएकी छन् । उपमेयरकी उम्मेदवार डंगोलले आइतबार अपिल प्रकाशित गर्दै युवा, महिला, सामाजिक सांस्कृतिक अभियन्तालगायत सबैका काठमाडौंवासीको भावनाको प्रतिनिधित्व गरेको बताएकी छिन् ।

मेरो उम्मेदवारी एमालेले युवालाई दिएको उपहार : डंगोल 

‘यो मलाई प्रतिनिधि पात्रका रुपमा उभ्याएर पार्टीले म जस्ता क्रियाशील युवाहरु, म जस्ता दक्ष महिलाहरु, सामाजिक-सांस्कृतिक अभियन्ताहरु सबैलाई गरेको सम्मान हो,’ उनले भनेकी छिन्, ‘सबैभन्दा ठूलो पार्टीले मलाई विश्वास गरेर उपमेयरको जिम्मेवारी दिनु भनेको मलाई मात्रै होइन युवा, महिला, सामाजिक-सांस्कृतिक अभियन्तालगायत सम्पूर्ण काठमाडौंवासीहरुको भावना प्रतिनिधित्व हुने गरी युवाहरुको उपहारको रुपमा प्रदान गरेको अवसर हो भन्ने मैले ठानेकी छु ।’

यसअघि डंगोलले स्वतन्त्ररुपमा मेयर लड्ने घोषणा गरेकी थिइन् । तर, शनिबार साँझ भएको एमाले सचिवालय बैठकले पूर्वमेयर केशव स्थापितलाई मेयर र डंगोललाई उपमेयर उम्मेदवार बनाउने निर्णय गरेको हो । डंगोलले मेयरमा गरेको उम्मेदवार घोषणापछि प्राप्त भएको समर्थनले उत्साहित बताएको बताएकी छिन् ।

प्रकाशित : वैशाख ११, २०७९ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?