२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

एमाले बाँकेले दुई पालिकाको प्रमुखमा मधेसी महिलालाई उम्मेदवार बनाउने

ठाकुरसिंह थारु

नेपालगन्ज — नेकपा (एमाले) बाँकेले आठ पालिकामध्ये दुई पालिकामा मधेसी महिलालाई प्रमुखको उम्मेदवार बनाएको छ । उसले आठ वटै पालिकाको प्रमुख र उप्रमुखको उम्मेदवारी टुंगो लगाउँदै मधेसी महिलालाई उम्मेदवार बन्ने अवसर दिएको हो ।

एमाले बाँकेले दुई पालिकाको प्रमुखमा मधेसी महिलालाई उम्मेदवार बनाउने

मधेसी र मुस्लिम बहुल क्षेत्र नरैनापुर गाउँपालिकाको प्रमुखमा पदमावती यादव र उप्रमुखमा रामकुमार दिक्षितलाई उम्मेदवार बनाइएको छ । त्यस्तै मधेसी बहुल डुडुवा गाउँपालिकामा सरोजकुमारी यादव र उपप्रमुखमा शकिल खानलाई उम्मेदवारी दिएको छ ।

नरैनापुरमा जनता समाजबादी र डुडुवा कांग्रेसले यसअघिको निर्वाचनमा विजय भएका थिए ।

यसअघि नेपालगन्ज उपमहानगरपालिकामा पशुपतिदयाल मिश्रालाई प्रमुख र शान्ति ढकाललाई उपप्रमुखको उम्मेदवार बनाइएको छ । कोहलपुर नगरपालिकामा खिलप्रसाद भुसाल र उपप्रमुखमा अस्मिता थारु, बैजनाथ गाउँपालिका प्रमुखमा घननाथ खनाल, उपप्रमुखमा प्रेमपुर्ण योगी, जानकी गाउँपालिकाको प्रमुखमा हिमन्सु यादव र उपप्रमुखमा भुमिसरा धिताल, खजुरा गाउँपालिकाको प्रमुखमा सुमन मल्ल र उपप्रमुखमा नजिरा बेगम र राप्ती सोनारी गाउँपालिकाको प्रमुखमा रामदास थारु र उपप्रमुखमा चमेली वाकवललाई उम्मेदवार बनाएको एमालेले जनाएको छ ।

एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिस निरौलाले सबै जातजाती, समुदायको प्रतिनिधित्व हुने गरी उम्मेदवारी दिएको बताए ।


प्रकाशित : वैशाख ११, २०७९ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?