कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

गोरखामा कांग्रेस एक्लै चुनाव लड्ने

हरिराम उप्रेती

गोरखा — आगामी स्थानीय तह निर्वाचनमा कुनै पनि दलसँग तालमेल नगरी एक्लै प्रतिस्पर्धामा उत्रने नेपाली कांग्रेस गोरखाले निर्णय गरेको छ । 

गोरखामा कांग्रेस एक्लै चुनाव लड्ने

आइतबार बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आकस्मिक बैठकले कुनै पनि दलसँग पनि तालमेल नगरी एकल प्रतिस्पर्धामा उत्रने निर्णय गरेको हो । अब कांग्रेसले ११ वटै पालिका र ९४ वडामा एकल उमेदवारी दर्ता गराउने नेपाली कांग्रेसका सभापति नन्दप्रसाद न्यौपानेले बताए ।

‘गठबन्धन जीवित राख्न चाहन्थ्यौँ, केही साथीको महत्त्वाकांक्षा र अपरिपक्वताले सँगै जान सकेनौँ,’उनले भने,‘अब आफ्नै संगठनको तागत र बलमा एकल हिसाबले निर्वाचनमा जान्छौँ ।’ निर्वाचन व्यवस्थापनको सन्दर्भमा दलबीचको संवादको ढोका भने बन्द नगरेको उनले बताए ।

केन्द्रीय संयन्त्रको नीतिभित्र बसेर मित्रवत प्रतिस्पर्धामा उत्रने निर्णय भएको न्यौपानेले बताए । ‘नमिलेपछि मित्रवत प्रतिस्पर्धा गरौँ, एक्लै लड्छौँ भन्न त पाइयो,’ उनले भने । आइतबार सबै वडा र पालिकाको उम्मेदवार टुंग्याएर सोमबार मनोनयन दर्ता गर्ने उनले बताए ।

प्रकाशित : वैशाख ११, २०७९ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?