१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

संखुवासभाका ७ पालिकामा गठबन्धन, ३ मा मित्रवत प्रतिस्पर्धा गर्ने 

दीपेन्द्र शाक्य

संखुवासभा — आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि संखुवासभाका १० स्थानीय तहमध्ये ७ तहमा ५ दलीय गठबन्धनले संयुक्त उम्मेदवारी दर्ता गर्ने भएको छ ।

संखुवासभाका ७ पालिकामा गठबन्धन, ३ मा मित्रवत प्रतिस्पर्धा गर्ने 

शनिबार खाँदबारीमा सम्पन्न बैठकले १० मध्ये ७ पालिकामा गठबन्धन गर्ने र ३ पालिकामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको कांग्रेस सभापति दीपक खड्काले बताए । उनका अनुसार कांग्रेसले ४ वटा पालिकामा प्रमुख, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको भागमा एउटा-एउटा प्रमुख परेको छ ।

त्यस्तै कांग्रेसले ३ उपप्रमुख, माओवादी केन्द्रले २ र नेकपा समाजवादीले २ वटा उपप्रमुख पाएका छन् । कांग्रेसले सभापोखरी गाउापालिका, खाँदबारी,पाँचखपन, र चैनपुर नगरपालिकाको प्रमुख पाएको छ । उसले भोटखोला गाउँपालिका, मादी र धर्मदेवी नगरपालिकामा उपप्रमुखमा चित्त बुझाएको छ । नेकपा एकीकृत समाजवादीले भोटखोला गाउँपालिका प्रमुख, सभापोखरी गाउँपालिका, पाँचखपन नगरपालिकामा उपप्रमुख पाएको छ । माओवादी केन्द्रले मादी नगरपालिकामा प्रमुख र खाँदबारी र चैनपुर नगरपालिकामा उपप्रमुख पाएको छ ।

चिचिला गाउँपालिका, मकालु गाउँपालिका र सिलिचो गाउँपालिकामा मित्रवत प्रतिस्पर्धा गरिने गठबन्धनले जनाएको छ । यी ३ पालिकामा गठबन्धनबाहेकका दलसँग मिलेर चुनाव नलड्ने पनि सहमति भएको छ । संखुवासभामा ७६ वटा वडा छन् । तीमध्ये गठबन्धनमा ६० वटा वडा परेका छन् । ४६ वटा कांग्रेसलाई, ६ वटा मा माओवादी केन्द्र, ५ वटा एकीकृत समाजवादी र ३ वटा जनता समाजवादीको भागमा परेको छ ।

दसवटै पालिकामा हरेक दलबाट २ जना निर्वाचन परिचालन समिति र सवै वडामा गठबन्धनको दलबाट २ जना सदस्य राखेर वडा परिचालन तथा प्रचारप्रसार समिति गठन गर्ने निर्णय पनि गरिएको छ । विज्ञप्तिमा कुन दललाई कुन–कुन वडा भन्ने उल्लेख गरिएको छैन ।

प्रकाशित : वैशाख १०, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?