एमालेले मोरङका ११ पालिकामा उम्मेदवारको टुंगो लगायो

विनोद भण्डारी

विराटनगर — नेकपा एमाले मोरङले जिल्लाका १७ स्थानीय तहमध्ये शनिबार ११ पालिकाको उम्मेदवारको टुंगो लगाएको छ । महानगरको मेयर र उपमेयरको टुंगो भने केन्द्रले लगाउने छ । बाँकी रहेका पालिकाको उम्मेदवार आइतबार टुंगो लगाउने एमाले जिल्ला कमिटीले जनाएको छ ।

एमालेले मोरङका ११ पालिकामा उम्मेदवारको टुंगो लगायो

शनिबार टुंगो लागेका उम्मेदवारमा रतुवामाई नगरपालिकाको मेयरमा दुर्गा विष्ट र उपमेयरमा दमायन्त चुडाल, उर्लाबारी नगरप्रमुखमा गंगा खरेल र उप्रमुखमा मिनु पौडेल, केराबारी गाउँपालिका प्रमुखमा सुमन मिरिङछिनको नाममा सहमति भएको एमाले मोरङ सचिव रुपेश खतिवडाले वताए । उनका अनुसार केराबारीको उपप्रमुखको टुंगो लागेको छैन ।

त्यसैगरी लेटाङ नगरप्रमुखमा भुपेन्द्र लावती र उपप्रमुखमा कृष्णकुमारी निरौला, बुढीगंगा गाउँपालिका प्रमुखमा बलभद्र सरदार र उपप्रमुखमा तुलसा विष्ट, ग्रामथान गाउँपालिका प्रमुखमा निवर्तमान प्रमुख शिवनारायण माझी र उपप्रमुखमा गुणावती धामी, कटहरी गाउँपालिका प्रमुखमा सुवास सरदार र उपप्रमुखमा सीता राजबंशी, जहदा गाउँपालिका प्रमुखमा कृष्ण गिरी र उपप्रमुखमा अनिता सोरेन, धनपालथान गाउँपालिका प्रमुखमा मुसहरु मण्डल, सुनवर्षी नगरपालिका प्रमुखमा श्याम गनगाई र उपप्रमुखमा मिराकुमारी दास तथा रंगेली नगर प्रमुखमा हालका प्रमुख दिलिप बगोडिया र उपप्रमुखमा भुमा पराजुली निरौलाको नाम पक्का भएको सचिव खतिवडाले वताए ।

रंगेलीका बगोडिया अघिल्लो निर्वाचनमा माओवादी केन्द्रवाट विजयी भएका थिए । उनी दुई महिना अगाडि पुनः मेयरको उम्मेदवार हुने सर्तमा एमाले प्रवेश गरेका थिए ।

सचिव खतिवडाका अनुसार धनपालथान र केराबारीको उपप्रमुखसहित पथरीशनिश्चरे, बेलबारी, सुन्दर हरैचा नगरपालिका तथा कानेपोखरी र मिक्लाजुङ पालिका प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो आइतबार बिहान लगाएर मनोनयन गर्ने पार्टीको तयारी छ ।


प्रकाशित : वैशाख १०, २०७९ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?