चुनावी चहलपहल [फोटोफिचर]- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

चुनावी चहलपहल [फोटोफिचर]

तस्बिर : इलिट जोशी

काठमाडौँ — निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै जाँदा चुनावी चहलपहल बढ्न थालेको छ । बिहीबार स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । यता निर्वाचन आयोगमा भने चुनावी सामग्रीहरु जिल्ला पठाउन भ्याइनभ्याई छ । निर्वाचन आयोगको चहलपहल यस्तो छ ।

बिहीबार गोरखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै । तस्बिर : हरिराम उप्रेती/कान्तिपुर

धनकुटाको सामुदायिक भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिँदै । तस्बिरःरमेशचन्द्र अधिकारी/कान्तिपुर


प्रकाशित : वैशाख ८, २०७९ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्

टुँडिखेलमा घोडेजात्रा पर्व [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — काठमाडौं उपत्यकामा शुक्रबार घोडेजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन यो पर्व मनाइन्छ । पर्वको अवसरमा नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

प्रकाशित : चैत्र १८, २०७८ १७:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×