कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुगुमा सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने

राजबहादुर शाही

मुगु — सत्तागठबन्धनमा आबद्ध दलहरूले जिल्लामा चुनावी तालमेल गर्ने भएका छन् । बुधबार गमगढीस्थित चन्दननाथ होटलको सभाहलमा बसेको सत्ता गठबन्धनअन्तर्गतको दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी जसपा पार्टी चारवटा स्थानीय तहमा पद भागबन्डा गरी निर्वाचनमा सहभागी हुने बताएका हुन् ।

मुगुमा सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने

मुगुमा गठबन्धन नटुटाउने तालमेल गरेरै निर्वाचनमा सहभागी हुने सत्ता गठबन्धनमा आबद्ध दलले प्रतिबद्धता गरेको गठबन्धन संयन्त्र संयोजनका संयोजक तथा कांग्रेस सभापति ऐनबहादुर शाही जनाए ।

चुनावी तालमेलका लागि बिहीबारसम्म निरन्तर जारी बैठकले आधिकारीक निर्णय गरिने उनले बताए ।

सभापति शाहीका अनुसार चुनावी तालमेल हुने पक्कापक्की भइसकेको र केही दुईचार प्राविधिक विषयमा कुरा मिलाउनमात्र बाँकी छ । सत्तागठबन्धनको निर्णय ढिलासुस्तीका कारण अहिलेसम्म कुनै पनि स्थानीय तहमा उम्मेदवार छनोट प्रक्रिया अन्योल देखिएको छ ।

प्रकाशित : वैशाख ७, २०७९ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?