कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रुपन्देहीको प्रत्यक्ष तर्फको मतपरिणाम अन्तिम चरणमा

अमृता अनमोल

बुटवल — रुपन्देहीका ५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म ४ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ। प्रतिनिधिसभा तर्फ १ को मात्रै गणना हुँदैछ ।

मतपरिणाम अनुसार प्रतिनिधिसभामा नेकपा एमाले २ र कांग्रेस २ स्थानमा विजयी भएको छ । प्रदेशसभामा १० मध्ये एमाले ५, कांग्रेस ३, माओवादी केन्द्र एक र संघीय समाजवादी पोरम एक स्थानमा विजयी भयो ।

प्रतिनिधिसभातर्फ कांग्रेसका युवराज गिरीलाई हराउँदै रुपन्देही २ मा एमालेका उपमहासचिव विष्णु पौडेल विजयी भए । ३ मा राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दीपक बोहोरालाई हराउँदै एमाले उपमहासचिव घनश्याम भुसाल विजयी भए ।

निर्वाचन क्षेत्र नम्बर ४ मा राजपाका वरीष्ठ उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ललाई हराउँदै कांग्रेसका प्रमोद यादव विजयी भए । ५ मा माओवादी केन्द्रका डिलाराम आचार्यलाई हराउँदै कांग्रेसका भरतकुमार शाह विजयी भए ।

प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र नम्बर १ को क मा एमालेका कृष्णप्रसाद न्यौपाने, ख मा माओवादी केन्द्रका दधिराम न्यौपाने विजयी भए । निर्वाचन क्षेत्र २ को कमा एमालेका लिला गिरी र खमा भोजप्रसाद श्रेष्ठ विजयी भए । निर्वाचन क्षेत्र नम्बर ३ को क मा संघीय समाजवादी फोरमका सन्तोष पाण्डे र ख मा एमालेका तुल्सीप्रसाद चौधरी विजयी भए ।

निर्वाचन क्षेत्र नम्बर ४ को क मा कांग्रेसका अष्टभुजा पाठक र खमा कांग्रेसकै वसिउद्धिन खा विजयी भए । निर्वाचन क्षेत्र नम्बर ५ को क मा एमालेका भूमिश्वर ढकाल र २ मा कांग्रेसका फकरुद्धिन खान विजयी भए । यसअघि ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ३ निर्वाचन क्षेत्र कांग्रेस, २ तत्कालिन तमलोपा एक एमाले र एक स्थान राप्रपाले जितेको थियो ।

प्रकाशित : मंसिर २४, २०७४ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?