१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७
स्थानीय निर्वाचन २०७४

Local-elections-2017

बाराका सबै तहको अन्तिम नतिजा सार्वजनिक

यही असोज २ गते भएको स्थानीय तहको निर्वाचनबाट कलैया उपमहानगरपालिका प्रमुखमा १८७ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी भएका छन् ।

बाराका सबै तहको अन्तिम नतिजा सार्वजनिक
आश्विन १०, २०७४

बारागढी गापा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा संघीय फोरम

बारागढी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्षमा जित हात पारेको छ भने उपाध्यक्षमा संघीय समाजवादी फोरमले जितेको छ ।

बारागढी गापा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा संघीय फोरम

झुपडीबाट उठेर नगर नेतृत्व

माटोले लिपेको, खर र टायलले छाएका घरले भरिएको झुरुप्प बस्ती । गाउँ ब्लक जग्गामा बसेको यो बस्तीमा पुग्दा बालबालिका यत्रतत्र दौडिरहेका थिए । महिला र युवा झुम्मिएर भलाकुसारी गरिरहेका थिए । बस्तीमा खुसीको सीमै थिएन ।

झुपडीबाट उठेर नगर नेतृत्व

नामको पछाडि धाम

जनकपुर उपमहानगरपालिकाको नाममा ‘धाम’ थपिने भएको छ । नवनिर्वाचित पदाधिकारीको सोमबार बसेको पहिलो बैठकले ‘जनकपुरधाम उपमहानगरपालिका’ नामकरणको निर्णय गरेको हो ।

‘हर्षभन्दा बढी चिन्ता’

जनकपुर उपमहानगरपालिका–४ बाट दलित महिला सदस्यमा निर्वाचित कांग्रेसकी रामपरीदेवी चमार शपथग्रहण कार्यक्रममा सहभागी हुँदा हर्षभन्दा बढी चिन्तामा थिइन् ।

‘हर्षभन्दा बढी चिन्ता’
आश्विन ९, २०७४

सिरहामा माओवादी पहिलो

जिल्लाका १७ वटा स्थानीय तहमध्ये माओवादी केन्द्रले सबैभन्दा बढीमा जित हासिल गरेको छ । आइतबार सम्पन्न मतपरिणामअनुसार पार्टीले चार नगरपालिका र दुई गाउँपालिकाको नेतृत्व पक्का गरेको छ ।

 सिरहामा माओवादी पहिलो

राजपाका पक्षमा बढ्दै परिणाम

जनकपुर उपमहानगरपालिकाका दुवै मुख्य पद राजपाको पोल्टामा गएको छ । प्रतिद्वन्द्वीलाई ठूलो मतान्तरले हराउँदै लालकिशोर साह मेयर चुनिए । उपप्रमुखमा पनि सोही पार्टीकी रीता झा निर्वाचित भएकी छन् ।

राजपाका पक्षमा बढ्दै परिणाम

गरुडा मेयरमा संघीय समाजवादीका यादव विजयी’

रौतहटको गरुडा नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार इनु राय यादव विजयी भएका छन् । यो समेत गरेर उसले ४ वटा मेयरमा विजयी हासिल गरेको छ ।

गरुडा मेयरमा संघीय समाजवादीका यादव विजयी’
आश्विन ८, २०७४

कटहरिया मेयरमा माओवादी केन्द्रका कुशवाहा विजयी

रौतहटको कटहरिया नगरपालिकामा मेयर/उपमेयमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन । शहरी विकास मन्त्री प्रभु साहका पूर्व स्वकिय सचिव समेत रहेका सीयारामप्रसाद कुशवाहाले रौतहटका उद्योगपति नेपाली कांग्रेसका उम्मेदवार अजयप्रकास साहलाई ५ सय ५१ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

कटहरिया मेयरमा माओवादी केन्द्रका कुशवाहा विजयी

यसकारण हार्‍यो जनकपुरमा कांग्रेस

तत्कालीन महामन्त्री स्वर्गीय महेन्द्रनारायण निधिको स्वर्णिम इतिहास बोकेको मिथिला नगरी जनकपुरधाम सांगठनिक रुपले नेपाली कांग्रेसको गढ मानिए पनि विभिन्न समयमा भएका निर्वाचनको परिणाम भने कांग्रेसको लागि सुखद् रहेको छैन ।

यसकारण हार्‍यो जनकपुरमा कांग्रेस

जितपुर सिमरा उपमहानगरमा एमाले, महागढीमाईमा कांग्रेस विजयी

जिल्लाको जितपुर सिमरा उपमहानगरमा एमालेले विजयी हासिल गरेको छ । अन्तिम मत परिणाम अनुसार मेयरमा कृष्ण पौडेल १४ हजार ८ सय ६८ मत र उपमेयरमा सरस्वती चौधरीले १४ हजार ४ सय ५९ मत ल्याएर विजयी भएका हुन् । निकटम प्रतिस्पर्धी कांग्रेसका कृष्णब्रत सिंह १२ हजार ४३ र नारायणी रायमाझीले १२ हजार ४ सय ६५ मत प्राप्त गरे ।

जितपुर सिमरा उपमहानगरमा एमाले, महागढीमाईमा कांग्रेस विजयी

मत गन्नै सुस्त

१ सय ३६ स्थानीय तह रहेको प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको छैटौं दिन शनिबार साँझसम्म बल्ल १ सय १३ स्थानीय तहको मात्र परिणाम आएको छ । असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र आइसक्ने निर्वाचन आयोगले बताएको थियो ।

 मत गन्नै सुस्त