गरुडा मेयरमा संघीय समाजवादीका यादव विजयी’

पवन यादव

रौतहट — रौतहटको गरुडा नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार इनु राय यादव विजयी भएका छन् । यो समेत गरेर उसले ४ वटा मेयरमा विजयी हासिल गरेको छ ।

गरुडा मेयरमा संघीय समाजवादीका यादव विजयी’

सोमबार बिहान सम्पन्न अन्तिम मतपरिणाम अनुसार इनुले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रसका सुनीलकुमार यादवलाई ७३ मतको अन्तरले पराजित गरेका हुन् ।

इनुले ३ हजार ८ सय ७६ र सुनिलले ३ हजार ८ सय ३ मत प्राप्त गरेको निर्वाचन अधिकृत चिन्तामणी शर्माले जानकारी दिए ।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी रंगिला कुमारी जयसवाल विजयी भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी बिन्दु देवी साहलाई ३ सय २७ मतको फराकिलो अन्तरले पाखा लगाएकी हुन् । रंगिलाले ४ हजार ६ सय ३ र साहले ४ हजार २ सय ७६ मत प्राप्त गरेका थिए । 

अहिले सम्म रौतहटमा मेयरमा नेपाली कांग्रसले ८, माआवादी केन्द्रले ३, संघीय समाजवादी फोरमले ४, राष्ट्रिय जनता दलले २ र नेपाल लोकतान्त्रिक फोरमले १ तहमा जित हासिल गरेको छ ।

त्यस्तै उपमेयरमा कांग्रेसले ६, माओवादी केन्द्रले ६, संघीय समाजवादी फोरमले २, राष्ट्रिय जनता दलले २, नेपाल लोकतान्त्रिक फोरमले १, नेकपा एमालेले १ तहमा जित हासिल गरेको छ । 

प्रकाशित : आश्विन ९, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?