कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

रौतहटको बृन्दाबन नगरपालिकाको मतगणनास्थलमा ढुंगा हानाहान, गणना रोकियो

रौतहट — रौतहटको बृन्दाबन नगरपालिकाको मतगणनास्थलमा ढुंगा हानाहान भएपछि अहिले मतगणना रोकिएको छ ।

रौतहटको बृन्दाबन नगरपालिकाको मतगणनास्थलमा ढुंगा हानाहान, गणना रोकियो

मतपत्रमा विवाद हुँदैगर्दा मंगलबार साँझ एमाले सांसद् रामकुमार भट्टराई गणनास्थल पुगेपछि ढुंगा हानाहान भएको हो । अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा मानिस भेला भएका छन् ।

सांसद् भट्टराईसँगै गएका एमालेका युवा नेता दीपक रेग्मीका अनुसार बढी देखिएको मतपत्र पुन: गणना गर्नुपर्ने एमालेका मेयरका उम्मेदवार विनोद पटेलले अडान राखेपछि मतगणनास्थलभित्र विवाद सुरु भयो । ‘त्यसपछि विवाद मिलाउन गएका सांसद् भट्टराईमाथि बाहिरबाट माओवादी र कांग्रेस कार्यकर्ताले ढुंगा हाने, उनले भने,‘अहिले मतगणना रोकिएको छ ।’

बाहिर ठुलो संख्यामा मानिस भेला भएकाले जुनसुकै बेला झडप हुन सक्ने रेग्मीले जनाए । बिहान मतपत्र राम्ररी नदेखाएको भन्दै एमालेका प्रतिनिधिले विवाद झिकेपछि केहीबेर मतदान रोकिएको थियो । अहिले त्यहाँ गरुडाबाट थप सुरक्षाकर्मी गएको छ । उक्त नगरपालिकामा माओवादी अग्रस्थानमा छ ।
पहिलो चरणको चुनावमा भरतपुर महानगरपालिकाको मतगणनामा मतपत्र च्यातेपछि पुन: त्यस्ता घटना दोहोरिन सक्ने भयले तेस्रो चरणको चुनावमा सावधानी अपनाउँदै जिल्लाभरीका मतगणनास्थलभित्र तारजाली लगाइएको छ । कतिपय मतगणनास्थलभित्र मतपत्र राम्ररी हेर्न नपाउने भन्दै विवाद झिक्ने गरेको अवस्था देखियो ।

तेस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनको मतगणनामा मधेसका अधिकांश जिल्लामा तारजालीभित्र गरिएको छ । कतिपय ठाउँमा ग्याबिन तार र काडे तार प्रयोग गरिएको छ ।

प्रकाशित : आश्विन ३, २०७४ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?