भोट हाल्न जिल्ला बाहिर बस्ने नेताहरु आए- स्थानीय निर्वाचन २०७४ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोट हाल्न जिल्ला बाहिर बस्ने नेताहरु आए

कान्तिपुर संवाददाता

भोजपुर — निर्वाचनमा भोट खसाल्नका लागि जिल्लाबाहिर रहेका पूर्वमन्त्रीहरु, सांसदहरु, गृह जिल्ला आइसकेका छन् ।

पूर्वसूचना तथा सञ्चार मन्त्री शेरधन राईले आमचोक गाउँपालिका–३ थिदिखांको केन्द्रबाट र पूर्व पर्यटन तथा उड्यनमन्त्री कृपाशुर शेर्पाले बोखिम मतदान केन्द्रबाट भोट हालेका छन् । उनले जन्मथलो भोजपुर नगरपालिकाको वडा नं. ५ बोखिममा रहेको पन्चकन्या माध्यामिक बिद्यालयको मतदान केन्द्रबाट मत दिए । उक्त मतदान केन्द्रबाट सबैभन्दा पहिला उनैले मतदान गरेका हुन् ।

यस्तै, माओवादी केन्द्रका पूर्वसभासद् सुदन किराँतीले रामप्रसाद राई गाउँपालिका ओख्रे मतदान केन्द्रबाट, एमालेकी समानुपातिक सांसद जयन्ती राईले अन्नपूर्ण मतदान केन्द्रबाट, संघिय समाजवादीका केन्द्रीय उपाध्यक्ष हेमराज राईले ट्याम्के मैयुङ गाउँपालिका–३ अन्नपूर्ण मतदान केन्द्रबाट र केन्द्रीय सचिव अजम्बर काङमाङ राईले नागी मतदान केन्द्रबाट मतदान गदैछन् ।

प्रकाशित : असार १४, २०७४ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्

मत हाल्‍न लाइन लागेका ८४ वर्षीय वृद्धको निधन

माधव अर्याल

पाल्पा — मतदानका लागि लाइनमा आउँदै गर्दा पाल्पाको बगनासकाली गाउँपालिकाअन्तर्गत यम्घामा एक वृद्धको निधन भएको छ । बगनासकाली अन्तर्गत यम्घाको अरनिको मावि केन्द्रमा मतदानका लागि आउँदै गर्दा ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको निधन भएको हो । दम बढेर निधन भएको प्रहरीले जनाएको छ । मुख्य निर्वाचन अधिकृत भरतमणी खनालका अनुसार लाइन लाग्नु पर्दैन तर अगाडि ल्याउँदै गर्दा समस्या देखिएको थियो । केही समयपछि उनको निधन भएको भएको हो ।

प्रकाशित : असार १४, २०७४ १०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×