धादिङको जिल्लाको निर्वाचन परिणाम यस्तो रह्यो

काठमाडौं — धादिङ जिल्लाको १३ वटा स्थानीय तहको अन्तिम नतिजा आएको छ । जिल्लामा एकाध सामान्य घटनाहरु भएपनि सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण ढंगले मतदान प्रक्रिया सकिएको थियो ।

धादिङको जिल्लाको निर्वाचन परिणाम यस्तो रह्यो

मतगणना गर्न ढिलो हुनाले नतिजा आउन करिव ६ दिन लागेको थियो । धादिङमा नेकपा एमालेले प्रमुख पदहरु सहित अग्रस्थानमा नतिजा हासिल गरेको छ । 

एमालेले धुनीबेंसी नगरपालिका सहित ७ गाउँपालिका मा ५६ वडा जितेको छ, भने नेपाली कांग्रेसले सदरमुकाम नीलकण्ठ नगरपालिका सहित  २४ वडामा अध्यक्ष्य पद जितेको छ । त्यस्तै माओवादी केन्द्रले बेनीघाट गाउँपालिका सहित २१ वडा र राप्रपाले रुबीभ्याली गाउँपालिका सहित ३ वडा जितेको छ ।

धादिङका १३ स्थानीय तहको प्रमुख र उपप्रमुख:

१ सिद्दलेक गाउँपालिका–प्रेमनाथ सिलवाल र कमला शर्मा (एमाले)
२ धुनिवेशी नगरपालिका– बालकृष्ण आचार्य र निरु खरेल (एमाले)
३ नेत्रावती गाउँपालिका–दुर्गा नारायण शाक्य-एमाले र उर्मिला तामाङ - माओवादी केन्द्र
४ खनियावास गाउँपालिका- रण बहादुर तामाङ र योमाया तामाङ (नेपाली कांग्रेस)
५ रुविभ्याली गाउँपालिका –चेरुङ तामाङ र विना तामाङ (राप्रपा)
६ थाक्रे गाउँपालिका -राजकुमार आचार्य र अम्विका रुपाखेती (एमाले)
७ ज्वालामुखी गाउँपालिका– विनोद तिमिल्सिना-कांग्रेस र जानुका सिम्खडा-एमाले ( कांग्रेस माओवादी तालमेल भएको)
८ गङ्गाजमुना गाउँपालिका –बल अधिकारी र एन्जिला तामाङ (एमाले)
९ गल्छी गाउँपालिका -कृष्णहरी श्रेष्ठ र राधा तिमिल्सिना (एमाले)
१०. त्रिपुरेश्वर गाउँपालिका– शम्भु थापा-एमाले, उपप्रमुख  देवी पाण्डे-नेका
११ वेनिघाट रोराङ गाउँपालिका– हरी डल्लाकोटी- माओवादी केन्द्र र देवी प्रसाद सिलवाल- कांग्रेस ( कांग्रेस माओवादी तालमेल भएको)
१२ गजुरी गाउँपालिका– राजेन्द्र विक्रम बस्नेत र सीता ढुङ्गाना ( एमाले) 
१३ नीलकण्ठ नगरपालका –भिम प्रसाद ढुङ्गाना-कांग्रेस र उपप्रमुख मनराज भण्डारी-माओवादी केन्द्र ( कांग्रेस माओवादी तालमेल भएको)

प्रकाशित : जेष्ठ ६, २०७४ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?