कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

वडाका सबै पदमा उम्मेदवार महिला

नगेन्द्र अधिकारी

काभ्रे — पाँचखाल नगरपालिकाको वडा नं ३ को सबै पदमा नेकपा एमालेले महिलालाई उम्मेदवार बनाएको छ । वडाअध्यक्ष, खुल्ला सदस्यसहितका ५ पदमा महिलालाई उम्मेदवार बनाएको हो । विमला शर्मा अधिकारी वडाअध्यक्ष, रोहितकुमारी हुमागाईं, पार्वती लुइँटेल खुल्ला सदस्य, निरु नेपाल महिला सदस्य र मैना सार्कीले दलित महिला सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

वडाका सबै पदमा उम्मेदवार महिला

अध्यक्षका लागि अधिकारीसहित निरु नेपाल, फाल्गुनप्रसाद दाहाल, उत्तम न्यौपाने, खेसराज लामिछाने र शम्भु थापाले दाबी गरेका थिए । वडामा सर्वसम्मत नभएपछि जिल्लाले अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । अन्य सदस्य भने सर्वसम्मत भएका हुन् । कांग्रेसका सुन्दर अधिकारी र नेकपा (माओवादी केन्द्र)का रमेश गिरी वडाअध्यक्षका उम्मेदवार बनेका छन् ।
 
अध्यक्ष पदकी उम्मेदवार अधिकारीले नमुना वडाको रुपमा विकास गर्न महिलाको टिम उठेको बताइन् । ‘महिलाको मात्रै टिम बन्छ भने हामी पछि हट्न तयार छौँ भनेर पुरुष साथीहरुले भने,’उनले भनिन्, ‘अहिले सबैको साथ र सहयोग छ ।’ अध्यक्ष जिते उनले महिलाका मुद्धा र टोलबस्तीका विकासका आवश्यकता पूरा गर्ने दाबी गरिन् ।

प्रकाशित : वैशाख २२, २०७४ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?