कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सन् १९४१ मा आजकै दिन : रवीन्द्रनाथ टैगोरको निधन

श्रावण २३, २०८१
सन् १९४१ मा आजकै दिन : रवीन्द्रनाथ टैगोरको निधन

काठमाडौँ — सन् १९४१ मा आजकै दिन (अगस्ट ७) मा नोबेल पुरस्कार विजेता रवीन्द्रथान टैगोर (ठाकुर) को निधन भएको थियो । १८६१ मे ७ मा भारतको कलकत्तामा जन्मिएका थिए टैगोर कवि, लेखक, नाटककार, समाज सुधारक तथा चित्रकार हुन् ।

टैगोरका ‘गीताञ्जली’, ‘द होम एन्ड द वर्ल्ड’, ‘नेसनलिजम’, ‘काबुलिवाला’, ‘गोरा’, ‘द गार्डनर’, ‘द पोस्टमास्टर’, ‘द होम कमिङ’, ‘द पोस्ट अफिस’, ‘फ्रेन्ड’, ‘वेटिङ’, ‘अन द नेचर अफ लभ’ लगायतका कृति चर्चित छन् । उनी भारत र बंगलादेश दुवै देशका राष्ट्रगानका रचयितासमेत हुन् ।

सन् १९१३ मा ‘गीताञ्जली’ काव्यका लागि टैगोरलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो । उनले नोबेल पुरस्कारबापत पाएको रकम किसानहरूको हितका लागि खर्चेका थिए । उनले भूमिहीन किसानका छोराछोरीको शिक्षाका लागि विद्यालयसमेत खोलेका थिए ।

प्रकाशित : श्रावण २३, २०८१ ०७:१९
x
×