काठमाडौँ — सन् २०१९ मा आजकै दिन (अगस्ट ५) मा नोबेल पुरस्कार विजेता टोनी मोरिसनको निधन भएको थियो । १९३१ फेब्रुअरी १८ मा अमेरिकाको ओहायो राज्यमा जन्मिएकी मोरिसनको न्युयोर्कस्थित एक अस्पतालमा उपचारका क्रममा ८८ वर्षको उमेरमा निधन भएको थियो ।
अमेरिकामा प्रभावशाली अश्वेत महिलाको परिचय कमाएकी मोरिसन साहित्यतर्फको नोबेल पुरस्कार विजेता हुन् ।
मोरिसनका ११ उपन्यासमध्ये अधिकांश लोकप्रिय छन् । उनले पहिलो उपन्यास ‘द ब्ल्युएस्ट आई’ १९७० मा प्रकाशन गरेकी थिइन् । उनका ‘सुला’, ‘सङ अफ सोलोमन’, ‘टार बेबी’, ‘बिलोभेड’, ‘ज्याज’, ‘प्याराडाइज’, ‘लभ’, ‘अ मर्सी’, ‘होम’ र ‘गड हेल्प द चाइल्ड’ उपन्यास प्रकाशित छन् ।
स्विडिस एकेडेमीले उपन्यासमार्फत अमेरिकी जीवनको वास्तविकताको पक्ष उजागर गरेको उल्लेख गर्दै मोरिसनको ‘बिलोभेड’ कृतिलाई १९९३ मा साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरेको थियो । उनी साहित्यतर्फको नोबेल पुरस्कार पाउने पहिलो अश्वेत महिला हुन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले मोरिसनलाई २०१३ मा ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ समेत प्रदान गरेका थिए । उनी ‘र्यान्डम हाउस’ को सम्पादक बन्ने पहिलो अफ्रिकी–अमेरिकी महिलासमेत हुन् ।
प्रकाशित : श्रावण २१, २०८१ ०६:५९