कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

काफ्लेको मुक्तक संग्रह 'अशान्त धड्कन' सार्वजनिक

श्रावण १९, २०८१
काफ्लेको मुक्तक संग्रह 'अशान्त धड्कन' सार्वजनिक

काठमाडौँ — मुक्तककार तथा कवि कल्पना काफ्लेको मुक्तक संग्रह 'अशान्त धड्कन' शनिबार सार्वजनिक भएको छ । साहित्यसुधा नेपालको आयोजनामा साहित्यसुधाकी अध्यक्ष समेत रहेकी काफ्लेको पुस्तक प्राध्यापक माधवप्रसाद पाेखरेल, साहित्यकार नवराज लम्साल लगायतका स्रस्टाहरुले विमोचन गरे ।

मुक्तक संग्रहमा विभिन्न विकृति, विसंगतिहरू, माया प्रेमलगायत विषय समेटिएका छन् । संग्रहमा दुई सय बढी मुक्तकहरू समावेश छन् । काफ्लेकाे यसअघि 'भाव सरोवर'कविता संग्रह प्रकाशित भएको थियो ।


प्रकाशित : श्रावण १९, २०८१ २१:१५
x
×