कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

पत्रकार खड्काको नयाँ पुस्तक ‘आनन्द संहिता’

श्रावण १७, २०८१
पत्रकार खड्काको नयाँ पुस्तक ‘आनन्द संहिता’

काठमाडौँ — लेखक तथा पत्रकार घनश्याम खड्काले गैरआख्यान कृति ‘आनन्द संहिता’ पस्केका छन् । उत्प्रेरणादायी उपन्यास ‘निर्वाण’का लेखकसमेत रहेका खड्काको पछिल्लो कृति आनन्द संहिता आनन्दपूर्ण जीवनको अनुबोध कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित छ । 

मानिसले जीवनमा सबै काम आनन्द पाइएलाकी भनेर गरे पनि अन्ततः दुःखले अत्याउने गरी घेर्न किन पुग्छ र त्यस अवस्थामा कसरी मुक्त हुने भन्नेबारे पुस्तकमा अन्तदृष्टियुक्त विवेचना गरिएको छ । ‘जीवनभर सबैले आनन्दकै खोजी गरिरहे पनि अधिकांशको जीवनमा परिणाम भने ठीकविपरीत हात लाग्ने हुनाले आमरुपमा दुःख नै जीवनको सत्य हो भन्ने भान पर्न गएको छ,’ पुस्तकका सम्बन्धमा प्रकाशक संस्था अल्केमी पब्लिकेशन्सले भनेको छ, ‘यद्यपि, खोजलाई समुचित ढंगले ठीकठीक विधिका साथ अगाडि बढाउन सके जो–कसैको जीवनमा जुनसुकै परिस्थितिमा पनि आनन्द सम्भव भन्ने सत्यको आलोकमा पुस्तक विरचित छ जो आनन्द चाहने सबका लागि उपयोगी पठन हो ।’

खड्काद्वारा सिर्जित गैरआख्यान पुस्तक ‘आनन्द संहिता’को प्रत्येक अध्यायमा आनन्द प्राप्तिको सरल तर अद्भूत मीमांशासहित अन्त्यमा त्यसको प्रयोग गर्ने विधिसमेत छ । पुस्तकले आनन्द प्राप्तिको विभिन्न विधि र दृष्टिकोणलाई सूक्ष्म रूपमा विश्लेषण गर्दै जीवनका साना ठूला सबै व्यवधानबाट सजिलै गरी पार पाउने बाटाहरुका बारेमा पनि सुझबुझपूर्ण वर्णन छ ।

‘आनन्द संहिताका प्रत्येक अध्यायमा आनन्द प्राप्तिको सरल तर गहिरो मीमांसा प्रस्तुत गरिएको छ, जसको अन्त्यमा त्यसको प्रयोग गर्ने व्यावहारिक विधिसमेत छ,’ पुस्तकका सम्बन्धमा पब्लिकेशन्सले भनेको छ, ‘यो सझबुझपूर्ण दृष्टिकोणले पाठकलाई आफ्नो मनोचिकित्सक आफैं बन्ने अद्वितीय अवसर पनि दिएको छ ।’


प्रकाशित : श्रावण १७, २०८१ १७:५५
x
×