कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

हरित काव्य गोष्ठी सम्पन्न

काठमाडौँ — काठमाडौं । अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा बुधबार 'हरित काव्य गोष्ठी' सम्पन्न भएको छ । 

हरित काव्य गोष्ठी सम्पन्न

साहित्यिक पत्रिका शब्दाङ्कुर र वर्तमान कविता समूहले किरातेश्वर मृगस्थलीमा कविता वाचनलगायत कार्यक्रम गरी गोष्ठी सम्पन्न गरेको हो । गोष्ठीमा सहभागीले किरातेश्वर, पशुपतिमा पीपलको बिरुवासमेत रोपेका थिए ।

कार्यक्रममा धीरकुमार श्रेष्ठ, भीष्म उप्रेती, रोशन शेरचन, दिव्य गिरी, राधिका कल्पित, विश्व सिग्देल, मनोज न्यौपाने, रामगोपाल आशुतोष, सन्जय सुमन, चन्द्रबहादुर लामा, पुरुषोत्तम घिमिरे, शैलेन्द्रप्रसाद सिग्देल, कन्चन गजमेर, बिनिता सापकोटा, श्रीराम दाहाललगायतले वातावरणसम्बन्धी कविता वचन गरेका थिए । विमल कार्कीले कविता वाचनलाई बाँसुरीको धुनले जीवन्त बनाएका थिए ।

उक्त गोष्ठीमा वाचन भएका कवितालाई चन्द्रबहादुर लामाले अंग्रेजी अनुवाद गरेका र यी कविता शब्दाङ्कुर मासिकको हरित काव्य अंकमा प्रकाशित गर्ने लक्ष्य रहेको कवि, कथाकार तथा सम्पादक धीरकुमार श्रेष्ठले बताए ।

गोष्ठीमा वर्तमान कविता समूहका विश्व सिग्देलले वर्तमान समयलाई सम्बोधन गर्ने अर्को कार्यक्रम चाँडै आयोजना गर्ने जनाएका थिए ।

प्रकाशित : जेष्ठ २४, २०८१ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा दुई तिहाई बढीको समर्थन प्राप्त भएपछि अब प्रधानमन्त्री केपी शर्मा ओली कसरी अघि बढ्लान् ?

×