कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

मातृभाषा ओझेलमा : अध्यक्ष ठाकुर

नवीन पौडेल

परासी — भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले मातृभाषा दिनप्रतिदिन ओझेलमा पर्दै गएको बताएका छन् । अंग्रेजी भाषाप्रति आममानिसको मोह बढेकाले आफ्नै भाषा ओझेलमा पर्दै गएको ठाकुरको भनाइ छ । 

मातृभाषा ओझेलमा : अध्यक्ष ठाकुर

पश्चिम नवलपरासीको बर्दघाट प्रज्ञा प्रतिष्ठानले बुधबार आयोजना गरेको भाषा परिचर्चा तथा मातृभाषामा शिक्षाको महत्व विषयक अन्तरक्रियामा सहभागी हुँदै अध्यक्ष ठाकुरले नयाँ पुस्तालाई मातृभाषाभन्दा अंग्रेजी भाषा पहिले सिकाउने परिपाटी बढेकाले नेपाली भाषाको संरक्षणप्रति ध्यान दिनुपर्ने बताए ।

नयाँ पुस्तामा मातृभाषा हस्तान्तरण हुन नसकेको भन्दै अंग्रेजी भाषा जान्नेबित्तिकै आफूलाई जान्ने र विद्वान् ठान्ने प्रवृत्ति हाबी हुन लागेको बताए । २०४७ सालपछि शिक्षामा आएको निजीकरण, निजीकरणसँगै आएको भाषिक साम्राज्यवादले सबैभन्दा बढी नेपाली भाषालाई बिगारिरहेको भन्दै यस क्षेत्रका सरोकारवालाले चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न भाषाका कार्यपत्रहरु पेस गरिएको थियो । नगरभित्र रहेका जातजाति र समुदायको भाषा संरक्षणका लागि योजना बनाउन कार्यक्रम आयोजना गरिएको बर्दघाट प्रज्ञाप्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपानेले बताए ।


प्रकाशित : जेष्ठ २३, २०८१ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा दुई तिहाई बढीको समर्थन प्राप्त भएपछि अब प्रधानमन्त्री केपी शर्मा ओली कसरी अघि बढ्लान् ?

×