कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

क्रान्तिले ल्याइन् 'प्रिय स्वप्नद्रष्टा'

काठमाडौँ — साहित्यकार क्रान्ति पराजुलीको उपन्यास 'प्रिय स्वप्नद्रष्टा' मंगलबार काठमाडौंमा विमोचन भएको छ । पूर्वप्रधानमन्त्री तथा साहित्यकार झलनाथ खनालको प्रमुख आतिथ्य रहेको विमोचन कार्यक्रमपछि पुस्तकमाथि अन्तरसंवाद आयोजना गरिएको थियो।

क्रान्तिले ल्याइन् 'प्रिय स्वप्नद्रष्टा'

समीक्षक राजकुमार बानियाँ, लेखक पराजुली र प्रमुख अतिथि खनालसित कवि महेश कार्कीले अन्तरसंवाद सहजीकरण गरेका थिए। खनालले नेपाली साहित्यमा नौलो विषय र परिवेशमा लेखिएको उपन्यासले सकारात्मक ऊर्जा र उत्प्रेरणा मिल्ने बताए।

समीक्षक बानियाँले राजनीतिक विषयमा लेखिएको उपन्यासमा प्रेमको आदर्श चरित्रचित्रण गरिएको भनाइ राखे । भाषाशैलीले आफूलाई प्रभाव पारेको र पाठकले पढ्दा आनन्द आउने उनको भनाइ थियो।

उपन्यासकार पराजुलीले आफूले युवालाई स्वदेशमै बस्ने प्रेरणा मिल्ने गरी उपन्यास लेखेको र सदैव आशावादी रहेको बताइन् । पुस्तक शिखा बुक्सले प्रकाशनमा ल्याएको हो।

प्रकाशित : जेष्ठ १६, २०८१ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x