११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

घडियाल गोही संरक्षणका लागि काव्य उत्सव 

नवीन पौडेल

नवलपुर — लोपोन्मुख घडियाल गोहीको संरक्षणको लागि जनचेतना जगाउने उद्देश्यले शाश्वत धाममा ‘घडियाल काव्य उत्सव ’को तेस्रो संस्करण सम्पन्न भएको छ ।

घडियाल गोही संरक्षणका लागि काव्य उत्सव 

आभानी मिडियाद्धारा आयोजित उत्सवको तेस्रो संस्करण पूर्वी नवलपरासीको देवचुलीस्थित शाश्वत धाममा दुईदिन सम्म सञ्चालन भएको थियो ।

उत्सवमा कलाकार , साहित्यकार , जनप्रतिनिधि र संरक्षणकर्मीले प्रकृतिको संरक्षणमा कलात्मक हिसाबले जनचेतनामूलक सामाग्री प्रस्तुत गरेका थिए ।

उत्सवको पहिलो सत्र ‘ आगनीमा लिट नेचर’ मा साहत्यिकारहरु लोकनाथ खरेल, एल.बी. क्षेत्री, धनराज गिरी, जीवन युगिन, दिपक भट्टराई, विष्णुदेवी तिवारी, हेमा आले, अशोक अधिकारी लगायतका साहत्यिकारले दर्शक तथा स्रोतालाई गित, कविता र गजल सुनाएका थिए ।

दोस्रो सत्र ‘ सिने पर्यटन : नवलपुरदेखि नवलपरासी सम्म’मा कलाकार प्रमोद अग्रहरी र सिनेकर्मी देव भुषालले प्राकृतिक फिल्म स्टुडियोको रुपमा रहेको नवलपुरको क्षेत्रमा स्वदेशी तथा विदेशी चलचित्र छायांङ्कन र लोपोन्मुख जलचरको संरक्षणमा कलाको महत्त्व बारे छलफल गरेका थिए ।

तेस्रो सत्र ‘ गोलमेच पालिका बहस : लगाब र लगानी ’शीर्षकमा छलफल भएको थियो । उत्सवमा लोपोन्मुख घडियाल तथा बन्यजन्तुको संरक्षणमा संचारमार्फत् योगदान पुर्‍याएको भन्दै संजय भट्टराईलाई हेप्पी संरक्षण पत्रकारिता र हेप्पी साहित्य सम्मानबाट लोकराज भुर्तेललाई सम्मान गरिएको थियो ।


प्रकाशित : माघ २९, २०८० १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?