कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

रुपक अधिकारीको उपन्यास 'आधा मण्डप' लोकार्पण

काठमाडौँ — युवा साहित्यकार रुपक अधिकारीको दोस्रो कृति 'आधा मण्डप' उपन्यास शुक्रबार लोकार्पण भएको छ । रिड एण्ड राइज पिक्चर एण्ड प्रिन्टद्वारा वितरित उपन्यासका प्रकाशक अमीर केसी र सहदेव अर्याल हुन् ।

रुपक अधिकारीको उपन्यास 'आधा मण्डप' लोकार्पण

नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भएको कार्यक्रममा लेखक सगुना शाह, चलचित्र निर्देशक मुस्कान ढकाल, कवि राजेन्द्र श्रेष्ठ 'नेपाली' लगायतले अधिकारीको उपन्यास लोकार्पण गरे । यसअघि अधिकारीको 'साढे ३ हत्या' नामक उपन्यास प्रकाशित छ ।

पुस्तक लोकार्पणपछि अधिकारीले नेपाली समाजकै घटना र सन्दर्भमा केन्द्रित रहेर आधा मण्डप उपन्यास लेखिएको बताए ।

प्रकाशित : मंसिर २२, २०८० १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?