११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

सदाचार दीप सम्मान- २०८० प्रदान

काठमाडौँ — भ्रष्टाचारविरुद्धको प्रतिष्ठानले  व्यक्तिगत र व्यावसायी जिम्मेवारीमा रहँदा सदाचार कायम गरेको भन्दै २०८० सालकै सदाचार दीप सम्मान प्रदान गरेको छ । 

सदाचार दीप सम्मान- २०८० प्रदान

भ्रष्टाचारविरुद्ध अभियानको २७ औं वार्षिकोत्सवको अवसरमा मंगलबार उपराष्ट्रपति रामसहायप्रसाद यादवले उनीहरुलाई सम्मान प्रदान गरे ।

सम्मान प्राप्त गर्नेहरुमा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, पूर्व सभामुख दमननाथ ढुंगाना, समाजसेवी अनुराधा कोइराला, शिक्षाविद् प्राध्यापक केदारभक्त माथेमा र पूर्वप्रशासक आरडी प्रभास चटौत छन् ।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले भ्रष्टाचार रोक्न नसकेमा देश बन्न नसक्ने भएकाले सरकारी तथा निजी क्षेत्रमा हुने भ्रष्टाचारविरुद्ध खबरदारी गर्नुपर्ने बताए ।

कार्यक्रममा भ्रष्टाचारविरोधी अभियान्ता भरत जंगमले भ्रष्टाचारविरुद्धको अभियानमा सबैलाई हातेमालो गर्ने आह्वान गरे ।

प्रकाशित : मंसिर १३, २०८० १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?