१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

नगरकोटीको ‘जोगियाना’ लोकार्पण

काठमाडौँ — कुमार नगरकोटीको संस्मरण ‘जोगियाना’ लोकार्पण भएको छ । आफ्नो लेखन यात्राको २५ वर्षलाई ‘जोगियाना–उत्सव’को रूपमा मनाउँदै नगरकोटीको सो किताब सार्वजनिक भएको हो ।

नगरकोटीको ‘जोगियाना’ लोकार्पण

पाटन दरबारको आँगनमा आयोजित नगरकोटी–उत्सवमा नगरकोटीले आफ्ना आधा दर्जन कविता र गीत सुनाए ।

संस्मरण लेखनको यात्रामा नगरकोटीलाई लेख्न प्रेरित गरी पत्रपत्रिकामार्फत पाठकमाझ पुर्‍याउन सहयोग गरेका मित्रत्रय यज्ञश, दीपक सापकोटा र वसन्त बस्नेतले ‘जोगियाना’को लोकार्पण गरे । दीपक सापकोटा र यज्ञशले किताबका अंश वाचन गरी सुनाए भने वसन्त बस्नेतले नगरकोटीको लेखनीबारे बोले ।

कार्यक्रममा नगरकोटीले आफ्नो किताबको साजसज्जा र डिजाइन गर्ने डिजाइनरद्वय सचिन यगोल श्रेष्ठ र उमेश काफ्लेको प्रशंसा गर्दै पुस्तक उपहार दिएर सम्मान गरेका थिए ।

नगरकोटीका १९ वटा संस्मरणहरूको यस पुस्तकलाई बुकहिलले प्रकाशन गरेको हो ।

प्रकाशित : मंसिर १३, २०८० १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?