कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

भारतीय गीतकार समीर अन्जानलाई काठमाडौंमा अभिनन्दन

कान्तिपुर संवाददाता

काठमाडौँ — बलिउडका लोकप्रिय गीतकार समीर अन्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । काठमाडौंमा लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालले शनिबार संयुक्त रुपमा कार्यक्रम आयोजना गरेर उनलाई अभिनन्दन गरेका हुन् ।

भारतीय गीतकार समीर अन्जानलाई काठमाडौंमा अभिनन्दन

समीरले विश्वमै सबैभन्दा बढी गीत लेखेबापत ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाएका छन् ।

समारोहमा बोल्दै गीतकार समीरले प्रकृतिको अनुपम सुन्दर देश, पशुपतिको यो भूमिमा आएर सम्मानित हुन पाउँदा आफू निकै प्रफुल्लित भएको बताए । हिमालय र पहाडका बिचबाट काठमाडौं उत्रिने क्रममा आउँदा एउटा गीत फुरेको अनुभूति सुनाउँदै नेपालबाट आफूले धेरै सिकेर र लिएर जाने बताए ।

उनले गीतकार संघ नेपाललाई अभिनन्दन कार्यक्रम आयोजनाका लागी धन्यवाद दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै गीतकार तथा कवि बसन्त चौधरीले विश्वका सबै कुनामा बस्ने हिन्दी फिल्म र गीत मन पराउनेहरुका लागि समीर 'अन्जान' नभएको बताए ।

त्यस्तै गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले यसपटक समीर अन्जानलाई अभिनन्दन गर्ने अवसर प्राप्त भएको भन्दै त्यसका लागि लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरलाई धन्यवाद दिए ।

गीतकार समीरका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय छन् ।

प्रकाशित : मंसिर २, २०८० २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?