कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

'पनौतीका केही जात्रापर्वहरू'को दोस्रो संस्करण लोकार्पण

ज्योति श्रेष्ठ

काभ्रे — साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजू लेखक रहेको 'पनौतीका केही जात्रापर्वहरू'को दोस्रो संस्करण लोकार्पण भएको छ ।

'पनौतीका केही जात्रापर्वहरू'को दोस्रो संस्करण लोकार्पण

सो पुस्तकको लोकार्पण संस्कृतिकर्मी तथा इतिहासकार प्रा डा पुरुषोत्तम लोचन श्रेष्ठ, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी तथा निवर्तमान नगर प्रमुख भीम न्यौपाने र लेखक लाकोजूले संयुक्तरूपमा गरेका थिए । सोही कार्यक्रममा पुस्तक लेखनका क्रममा सूचना प्रदान गर्नेहरूलाई कदरपत्र प्रदान गरिएको थियो ।

अक्षरमार्गले प्रकाशन गरेको पुस्तकमा प्राचीन नगर पनौतीमा वर्षभरिमा मनाइने जात्रा तथा चाडबाडका विषय समेटिएका छन् । पुस्तक पाँच खण्डमा विभाजन गरिएको छ । पनौती नगरको परिचय, इतिहास, जात्रा, पर्वहरू, मुखुण्डो नाच आदि विषय पुस्तकमा समेटिएको लेखक लाकोजूले बताए ।

लेखक लाकोजूले नयाँ पुस्तक आफू जन्मेको माटोप्रतिको श्रध्दा, भक्ति र प्रेमको प्रतीक रहेको विचार राखे । उनका यसअघि नेपाली साहित्यका विविध विधाका तीन दर्जन कृति प्रकाशित छन् ।

प्रकाशित : कार्तिक २६, २०८० १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?