कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

बौद्धिक दर्पण विमोचन

रमेशचन्द्र अधिकारी

धनकुटा — महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा आइतबार धनकुटामा बौद्धिक दर्पण पुस्तक विमोचन गरिएको छ ।

बौद्धिक दर्पण विमोचन

नेपाल बुद्धिजीवी परिषद्‌ले पुस्तक प्रकाशन गरेको हो । पुस्तकमा भाषा, साहित्य, कला, संस्कृति तथा खोजमूलक सामग्री समावेश गरिएको छ ।

पत्रकार तथा बुद्धिजीवी परिषद्‌का केन्द्रीय सचिव यज्ञ शर्मा, परिषद् कोशी प्रदेशका अध्यक्ष प्राडा अर्जुनकुमार बराल, पूर्वसांसद गोपाल गुरागाईं, प्रदेश सांसद इन्द्रमणि पराजुली, निरन राई तथा जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राईले पुस्तक विमोचन गरे ।

परिषद्‌ले बौद्धिक दर्पणको दोस्रो संस्करण प्रकाशन गरेको जिल्ला अध्यक्ष डा.यज्ञप्रसाद गुरागाईंले जानकारी दिए । १ सय ३६ पृष्ठ रहेको पुस्तकमा १७ वटा सामग्री समेटिएको छ । पुस्तकको आवरण चित्रकार उमेशचन्द्र अधिकारीले तयार गरेका हुन् ।

प्रकाशित : कार्तिक २६, २०८० २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?