बीपी साहित्य महोत्सवको बाँकी कार्यक्रम बुधबार हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — बीपी साहित्य महोत्सवको बाँकी रहेको कार्यक्रम बुधबार हुने भएको छ । भाद्र २४ र २५ गते दुई दिन भएपछि संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनका कारण स्थगन भएको थियो ।

बीपी साहित्य महोत्सवको बाँकी कार्यक्रम बुधबार हुने

स्थगित भएको तेस्रो र अन्तिम दिन (भाद्र २६ गते) को कार्यक्रम संविधान दिवसको अवसरमा असोज ३ गते बिहान १०:३० बजेदेखि साँझ ५:०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ ।

सो दिनको कार्यक्रममा बिपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बीपी,समय र सबाल्र्टन, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बी पी र बीपीको विचार, आजको संविधान र अबको बाटो विषयमा विषयगत विज्ञहरुबाट अन्तरक्रियात्मक प्रस्तुति रहने महोत्सव प्रमुख मीन विश्वकर्माले बताएका छन् ।

प्रकाशित : आश्विन १, २०८० १२:५१
प्रतिक्रिया
पठाउनुहोस्